धेरैलाई थाहै छैन भ्रमण वर्ष के हो ?

विशेष समाचार समाचार

भक्तपुर, ९ पुस


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० बारेमा धेरैलाई थाहै नभएको बताएका छन्। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटन मन्त्रालयले बुधबार सरोकारवालासँग गरेको छलफलमा उनले त्यस्तो भनेका हुन्।पर्यटनमन्त्री योगेश भट्टराईकोसमेत उपस्थितिमा सिंहदरबारमा भएको कार्यक्रममा बोल्दै मेयर प्रजापतिले भ्रमण वर्षको तयारीबारेमा पनि प्रश्न उठाएका छन्। भ्रमण वर्षबारेमा कतिपय ठाउँमा थाहा नै छैन। पर्यटकीय ठाउँहरुमा जथाभावी प्लटिङ् भएको छ, व्यवस्थित भएको छैन, उनले भने, फोहारको डंगुर नउठेको अवस्था छ। भाषा जान्‍ने व्यक्तिको पनि हामीमाझ अभाव छ। भ्रमण वर्षको तयारी नै कम भएको छ।
मेयर प्रजापतिले पर्यटकलाई तान्‍ने गरी सम्पदा निर्माणमा जोड दिएको बताए। हामीले सधैँ पर्यटक तान्‍ने गरी सम्पदाको निर्माण गरिरहेका छौँ। ९३ वटा सम्पदा निर्माण हुँदैछन्। निजी आवास पनि मौलिक बनाउन अनुदान दिइएको छ। मेयर प्रजापतिले भक्तपुरका सबै विद्यालयमा एक सम्पदा एक सरसफाई अभियान चलाएको पनि जानकारी दिए।सम्पदा मौलिक शैलीमा बनाउँदै आएका छौँ। सँगै सफाइ अभियान पनि चलिरहेका छन्। परम्परागत शैलीका नाचगान प्रोत्साहन गर्न प्रतियोगिता गरिरहेका छौँ प्रजापतिले भने, ‘रात्रिकालीन पर्यटकीय मार्गमा बत्तीको व्यवस्था भएको छ। प्रजापतिले नगरमा एउटै ड्रेस कोटदेखि फोटोग्राफीको तालिम पनि दिइएको बताए।‘प्रत्येक युवालाई चार भाषाको तालिम दिइरहेका छौँ। सँगै ट्राभल एण्ड टुरिजम पनि सिकाइरहेका छौँ ‘, उनले भने, ‘स्थानीय कोर्षको किताब बनाएका छौँ। यी सबैले भ्रमण वर्षलाई मद्धत गर्छन्। हामी आफैँ भ्रमण वर्षको औपचारिक कार्यक्रम पनि गर्छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *