सुडालबासी दुषित पानी पिउन वाध्य

समाचार स्वास्थ्य

सुजना कार्की
चैत्र २७


भक्तपुरको सुडाल स्थित बसोबास गर्ने स्थानीयहरुले दुषित पानी पिउन वाध्य छन् । दुषित पानीको उपभोगका कारण विभिन्न रोगका विरामीहरु बढेका छन् । खोलाको पानी प्रशोधन नगरी सिधै ट्याङकिमा संकलन गरी वितरण गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर गरेको छ ।
दुषित पानीका कारण मानव जाति लगायत गाइवस्तुमा पनि असर गरेको छ । २०७२ सालको भुकम्प र ढुंगा खानीले पानीका केहि मुहानहरु सुकाई दिइएकाले खानेपानीमा समस्या सृजना भएको हो ।
वर्तमान अवस्थामा पानी थाप्नपनि घण्टौ कुर्नु परेको स्थानीयहरुको गुनासो छ । खानेपानीका लागि भने ३०÷४० मिनेट हिडेर पानी ल्याउनु परेको कुरा गाउँका महिलाहरु बताउँछन् ।
स्थानीयवासी भिम बहादुर सिलवालले भने पानी दुषित हुनुमा पानी टयाड्ढीहरु सफा नगरेकाले हो । सफा गरेतापनि ६ महिनाको एक पटक गर्ने गरेका छन् । खोलाको फोहोर पानी संकलन गर्दा अन्य संकलित पानी पनि दुषित भएको उनले वताए ।

पानीपाले धर्म गजुरेलले पानीका मुहान पर्याप्त रुपमा नभएकाले खोलाको पानी मिसाउन वाध्य भएको बताए ।

हाम्रो युवा समाज सामाजिक संस्थाका अध्यक्ष सौरभ श्रेष्ठ खानेपानी उपभोक्ता समितिको लापरवाही र पानीपालेको पानीको मुहानको उचित रेखदेख नगरेकाले पानी दुषित भएको वताए । मासिक शुल्क तिर्दातिर्दै पनि शुद्ध खानेपानी उपभोग गर्न नपाएको गुनासो गाउँले वासीको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष लेखनाथ तिमिल्सिनाले गाउँका हरेक ठाउँमा पानी पुर्याएको र पानीका मुहान खोजिगरिरहेको साथै खोलाबाट ल्याएको पानी पनि चाडैं बन्द गर्ने बताए । वर्तमान अवस्थामा भट्टाका मानिस र नयाँ वस्तिका मानिसले पनि पानी उपभोग गर्ने भएकोले खानेपानीमा समस्या आएको उनले वताए ।

सुडाल स्वास्थ्य चौकीको स्वास्थ्य सहायक अनुसार दुषित पानी पिउनाले जुका पर्ने आउँ पखला जस्ता रोग लाग्ने जनाए । विषेश गरी ईटाभट्टाका मानिसहरुमा यस्ता रोग देखा परेको बताए ।
खानेपानीमा समस्या देखिएको लामो समय हुदा पनि उपभोक्ता समितिले सुधार गर्न तल्लीन नरहेको साथै सम्बन्धित निकायले पनि चासोको विषय नलिएको स्थानीयहरुकोे गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *