भक्तपुरमा नेपाली कांग्रेस विजयी

राजनीति विशेष समाचार समाचार

भक्तपुर, १५ मंसिर

 

भक्तपुर निर्वाचन क्षेत्र नं(१ प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भडेल विजय भएका छन् ।शनिवार भएको निर्वाचनमा भडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेका छनु भने उनको निकत्तम प्रतिद्वन्दी नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरेका छन् ।नेपाल मजदुर किसान पार्टीका निरज लवजुुले ५ हजार ८ सय २९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिए ।कूल ४५ हजार १५ मतदाता रहेको यस प्रदेशमा ७१।१७ प्रतिशत अर्थात ३२ हजार ३७ मत खसेको थियो । यस उपनिर्वाचनमा ४ सय ४५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन विजय भए पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै भडेलले अब आफू यहाँको विकास निर्माणका लागि सक्रिय भएर लाग्ने बताए ।विगतमा पनि आफूले सधै विकास निर्माणमा सक्रिय भएको बताउँदै उनले आफू निर्वाचित भएपछि अझ बढि क्रियाशिल भएर लाग्ने विश्वास व्यक्त गरे ।नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टीले संगठन बुझेको र स्थानीयसँग भिजेको व्यक्तिलाई टिकट दिएकाले नेपाली कांग्रेसले निर्वाचन जितेको बताए । भडेललाई राप्रपाका (संयुक्त) ले निर्वाचनमा सघाएको थियो ।राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य रबिन्द्रप्रताप शाहले यस निर्वाचनले सत्तारुढ दलको दुई तिहाइको दम्भ विरुद्धको सन्देश भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *