मुख्यमन्त्रीको हेलिकप्टेर भाडामा विबाद

समाचार

रुकुम, १५ मंसिर


प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल रुकुम पूर्वका गाउँ–गाउँमा पुगे । मंसिर ४, ५ र ६ गते रुकुम पूर्वका सिस्ने गाउँपालिकाको रुकुमकोट, भुमे गाउँपालिकाको खावाङबगर, पुथाउत्तरगंगा गाउँपालिका वडा नं. १० तकसेरा र पुथाउत्तरगंगाकै वडा नं. १ को मैकोट गाउँमा मुख्यमन्त्री पुग्दा स्थानीय खुसी भएका थिए । पहिलो पटक प्रदेशका मुख्यमन्त्रीसँग गाउँका समस्या सुनाउन पाउँदा खुसी भएको पुथागाउँपालिका १० का स्थानीबासीले विश्व बुढाले बताए ।
उनले भने, ‘मुख्यमन्त्री गाउँ पुगेर समस्या बुझेसँगै गाउँका समस्या हल हुनेमा स्थानीयले विश्वास समेत लिएका छन् ।’ तर मुख्यमन्त्री रुकुम पूर्वमा आएर अदालतमा विचाराधिन अवस्थामा रहेको जिल्ला सदरमुकामको बारेमा वास्ता नगरी अस्थायी सदरमुकाममा जिल्ला अस्पताल उद्घाटन गरेको भन्दै विरोध हुने गरेको वुढाले जानकारी दिएका छन् ।
हेलिकप्टेर भाडाको विवाद
रुकुम पूर्वका स्थानीय बीचमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको हेलिकप्टेर भाडाको विषयमा विवाद भएको छ । विशेषगरी रुकुम पूर्वका स्थानीय बीच मुख्यमन्त्रीको हेलिकप्टेर भाडाको विषयमा विावाद भएको हो ।
बिशेष अवस्था बाहेक हेलिकप्टेर चार्टर गर्न प्रदेश सरकारले नदिने भएपछि मुख्यमन्त्री रुकुम पूर्वमा आएको हेलिकप्टेर भाडा कसले तिर्ने भन्ने विषयमा विवाद भएको जनाएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका वडा नं.–१ स्थित पुथाहिमालय मा.वि.को स्वर्णजयन्तीको उद्घाटनको लागि मुख्यमन्त्री शंकर पोखरेललाई रुकुम बोलाएको थियो ।
पुथाहिमालय मा.वि.को सवर्णजयन्तीको उद्घाटनमा आएपनि पार्टी र अन्य सरकारी काम गरेका कारण सबैले भाडा तिर्नुपर्ने पुथाहिमालय माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनले जानकारी दिएका छन् । उनले भने, ‘रुकुमकोटमा जिल्ला अस्पताल उद्घाटन, तकसेरामा गाउँपालिकाको सभाहल उद्घाटन र भुमेमा जनप्रतिनिधीसँग छलफल गरेका कारण सबैले हेलिकप्टेर भाडा बेहोर्नु पर्ने धारणा उनको छ ।
पुथाउत्तरगंगा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रविन वुढाले भने, ‘गाउँपालिकाले मुख्यमन्त्रीको हेलिकप्टेर भाडा तिर्न नसक्ने बताए ।’ उता भुमे गाउँपालिकाका अध्यक्ष रामसुर वुढाले पनि मुख्यमन्त्री सवार हेलिकप्टेरको भाडा तिर्न नसकिने बताएका छन् । उनका अनुसार–‘हामीलाई कुनै आधिकारिक जानकारी त आएको छैन, हल्ला सुनेको छु, तर मुख्यमन्त्रीको हेलिकप्टेर खर्च भनेर तिर्नु पाईदैनन कुन स्रोतबाट तिर्ने र अध्यक्ष बुढाले बताए ।’
रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गाउँपालिकाले मुख्यमन्त्रीको हेलिकप्टेर भाडा तिर्न नसकिने बताईन् । तर ४ गतेको दिन हेलिकप्टेरको भाडा तिर्नुपर्ने र पैसा नभएको भनेपछि रु. २ लाख रुपैयाँ व्यक्तिगत रुपमा सापटी दिएको उनको भनाई छ । पुथा हिमालय माध्यामिक विद्यालयले ऋण काँडेर हेलिकप्टेरको भाडा रु. ८ लाख ४० हजार तिरेको जनाएको छ । मंसिर ४ गते हेलिकप्टेर चार्टर गरी रुकुम पूर्वका गाउँ गाउँमा पुगेका मुख्यमन्त्री शंकर पोखरेलको हेलिकप्टेर भाडाको विषयमा स्थानीय तह बीच विवाद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *