एमयूको वार्षिक उत्सवमा झडप

समाचार

सुर्खेत, ३ असार


मध्यपश्चिमाञ्चल विश्वविद्यालय ( एमयू) सुर्खेतको ९ औं वार्षिक उत्सव कार्यक्रम स्थलमा झपड भएको छ । विश्वविद्यालयले वार्षिक उत्सवमा काठमाडौंका नीजि कलेजहरुद्वारा प्रचारप्रसारका लागि सौजन्य गरिएका टिसर्ट वितरण गरेपछि मंगलबार वीरेन्द्रनगरमा विद्यार्थी र प्रहरी वीच झडप भएको हो । झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट २ जना विद्यार्थीसहित एक जना प्रहरी सख्त घाइते भएका छन् । वार्षिक उत्सव कार्यक्रम वहिष्कार गरेका आन्दोलनरत विद्यार्थीको ढुङ्गा प्रहारबाट प्रहरीको मुखमा र नाकमा चोट पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वार्षिक उत्सव कार्यक्रम विथोल्न खोज्ने ११ जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
विश्वविद्यालयले मानविकी र शिक्षा शास्त्र संकाय स्नातकोत्तरको परीक्षा मंगलबार पनि सञ्चालन गरिदिएका कारण वार्षिक उत्सवको विद्यार्थीले विरोध गर्नुको अर्को कारण रहेको सम्बन्ध पक्ष बताउँछन् । सरकारी विश्वविद्यालयले आफ्नो वार्षिक उत्सवमा नीजि कलेजको टिसर्ट वितरण गरेपछि विद्यार्थीले कार्यक्रम नै बहिस्कार गरेर आन्दोलित भएका हुन् । विश्वविद्यालयले कार्यक्रममा आउने पाहुनासहित मिनी मैराथन दौडमा भाग लिने सबैका लागि काठमाडौंका नीजि विद्यालयद्वारा प्रयोजित टिसर्ट वितरण गरेपछि विद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयको वार्षिक उत्सब कार्यक्रम केही सयमका लागि प्रभावित भएको थियो । वार्षिक उत्सवमा सहभागी हुन आएका भीआईपी तथा अन्य पाहुनाहरुलाई प्रहरीको सुरक्षा घेरा भित्र राखि विश्वविद्यालयले वार्षिक उत्सव कार्यक्रम कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट उद्घाटन गराउन सफल भएको छ । विद्यार्थी विना नै विश्वविद्यालय प्रशासनले आफ्नो नवौं वार्षिक उत्सव मनाई रहँदा सर्वसाधारणले भने नाराजगी व्यक्त गरेका छन । यता विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले वार्षिक उत्सव कार्यक्रमका दिन विश्वविद्यालयले स्नातकोत्तर मानविकी र शिक्षाशास्त्र संकायको परीक्षा आयोजना गर्नु भूल भएको बताए । उनले विश्वविद्यालयको वार्षिक उत्सव कार्यक्रमका लागि काठमाडौंका निजी कलेजद्वारा प्रायोजित गरिएका टिसर्टलाई अन्याथ लिनु दुर्भाग्य भएको जनाए । विश्वव्यापीरुपमै स्कूल, कलेज र विश्वविद्यालयलाई प्रायोजित गर्ने चलन रहेकाले शुद्ध मनोभावबाट गरिएको सहयोगलाई अन्यथा लिनु गलतको भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *