कैलाली भन्सारबाट आयात घट्यो

अर्थ/वाणिज्य समाचार

धनगढी, २८ कार्तिक


भारतका विभिन्न सहरबाट कैलाली भन्सार हुँदै नेपाल आयात हुने सामग्रीमा कमि आएको पाइएको छ । चालु आवको तीनमहिनामा अघिल्लो आवको सोहि अवधिको तुलनामा रु ४४ करोडले विभिन्न सामग्री आयातमा कमि आएको कैलाली भन्सार कार्यालय धनगढीको तथ्यांकले देखाएको हो ।
आव २०७५/७५ को असोज मसान्तसम्म रु ४ अर्व ९६ करोड मुल्य बरावरका विभिन्न सामग्रीहरु आयात भएकोमा चालु आवको तीन महिनाको अवधिमा उक्त सामग्री आयात रु ४ अर्व ५२ करोड ८४ लाखको सामग्री मात्र आयात भएको कैलाली भन्सार कार्यालय धनगढीका सुचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए ।
गत आवको जेठदेखि यो नाकाबाट तरकारी तथा फलफुल आयातमा प्रतिवन्ध लगाइएपछि आयातमा कमि देखिएको भन्सार कार्यालयले जनाएको छ । गत आवको जेठअघि यो नाकाबाट ४७ करोड मुल्य बरावरको तरकारी तथा ३० करोड मुल्य बरावरको फलफुल आयात भएकोमा दुवै बस्तुको आयात ठप्प हुँदा आयातमा कमि देखिएको भन्सार अधिकृत समेत रहेको उप्रेतीले बताए ।
कुल आयातको तुलनामा निर्यातको अंश भनेको ३ दशमलव ७४ प्रतिशत मात्र हो । अघिल्लो आवमा रु २१ अर्व मुल्य बरावरको सामग्री आयात हुँदा निर्यात भने रु ७८ करोड ७२ लाख मात्र थियो, भन्सार अधिकृत उप्रेतीले भने । आव २०७५/७६ मा रु दुई अर्व २८ करोडको चामल, गहुँ र मकै आयात भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा ६४० मेट्रिकटन चामल, गहुँ र मकै आयात भएको थियो । कुल आयातको ४८ प्रतिशत अंश पेट्रोलिय पदार्थ रहेको कार्यालयले जनाएको छ ।
भन्सार विभागले चालु आवका लागि झण्डै ६ अर्व राजस्व संकलनको सीमा तोकेपनि तरकारी तथा फलफुलको आयात प्रतिवन्धले उक्त लक्ष्यमा पुग्न सहज नदेखिएको सुचना अधिकारी उप्रेतीले बताए । गत आवमा यो नाकाबाट चिनी आयात रोकिएपनि चालु आवका लागि ४० प्रतिशत भन्सार महसुलमा चिनी आयात हुँदै आएकाले राजस्वमा थोरै वृद्धि हुने देखिएपनि समग्रमा लक्ष्यमा पुग्न नसकिने कार्यालयको भनाई छ । कैलालीमा तरकारी तथा फलफुलका जाँचका लागि क्वारेन्टाइन नभएकाले नेपालगन्ज हुँदै भारतबाट तरकारी तथा फलफुल सुदूरपश्चिमका विभिन्न बजार तथा ग्रामीण क्षेत्रमा पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *