दुर्घटना न्यूनिकरण गर्न रिप्लेक्ट स्टिकर

समाचार

नेपालगञ्ज,२८ कार्तिक


दुर्घटना न्यूनिकरणका लागि बाँके ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकखण्डमा रिप्लेक्ट स्टिकर टाँस्ने थालेको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले दुर्घटना न्यूनिकरणका लागि सडक डिभाइडर र पोलमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको हो । गएको बुधबार देखी बाँकेको कोहलपुर रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको हो ।नेपालगञ्ज–कोहलपुर सडकमा विशेष गरि रातको समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालयले रिफ्लेक्ट(रेट्रो) स्टिकर टाँस्ने अभियानलाई तिव्रता दिएको हो । उक्त सडकमा दिनानुदिन दुर्घटना बढन थालपछि रिफ्लेक्ट स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक पबिन्द्र बम बताए । नेपालगन्ज–कोहलपुर सडक खण्डमा पछिल्ला दिन रातको समय बढि दुर्घटनाहरु हुन थालेको पाइएकाले स्टिकर टासिएको हो,बमले भने । खुला सडक, तिव्र गति, मनपरि बाटो काट्ने, जहाँ पायो त्यही पार्किङ्ग गर्ने तथा प्रयाप्त लाइटिङ्गको कमीका कारण रातको समय नेपालगञ्ज–कोहलपुर सडकमा दुर्घटना हुने गरेका छन् उनले थपे ।
ट्राफिक प्रहरी निरिक्षक बमले भने –रिफ्लेक्ट स्टिकरले रातमा सवारीसाधन चलाउन सहजता दिए पनि यतिले मात्र सडक दुर्घटना न्यूनिकरण हुदैन । सवैजना सचेत र सजग हुुनपर्छ । सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले मात्र सम्भव नभएकाले सवैको साथ र सहयोग हुनुपर्ने बताए । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक हेर्दा असोज १२ गते देखि कात्र्तिक २५सम्म २९ वटा सवारी दुर्घटना भएको छ ।
ती दुर्घटनामा परि ७ जनाको मृत्यु भएको भने ३७ जना घाईते भएका छन् । दुर्घटनामा परि २ वटा पशुचौपाया समेत मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *