नेपालको माटो र पानीमा भारतको आँखा

विचार विशेष समाचार समाचार सम्पादकीय

भैरव रिसाल

नेपाल र भारत अनादिकालदेखिका जुम्ल्याहा मुलुक हुन् । त्यसो त चीन पनि यसै कोटीको मुलुक हो । नेपाल र चीनलाई विशाल एवम् उत्तर हिमशैल श्रृङ्खलाले अलि असजिलो बनाएकोले र भारत नेपालको पानीढलोको स्वरुपमा स्थापित तथा अवस्थित भएकोले पनि व्यावहारिक सम्बन्ध भारतसँग बढी मात्रा र आकारमा हुँदै आयो । त्यसो त चीनसँग पनि वैवाहिक सम्बन्ध नगासिएको कहाँ हो र रु तर, त्यो कलात्मक, वैवाहिक तथा बौद्धधर्मावलम्बनको धरातलमा आधारित भए पनि भारतसँग पानीढलो सम्बन्ध भएका कारण भारत बढी व्यावहारिक र निकटतम भयो चीनको तुलनामा । भारतका उच्च घरानाका र राजा–महाराजाका सन्तान र नेपालका राजामहाराजाको सन्तान दरसन्तानका बीच दाम्पत्य सम्बन्ध इतिहासकालदेखि नै कायम रहेकोले भारत बढी नजिकजस्तै भएको हो । परन्तु, भारत सरकारले समय–समयमा यस प्रकारको प्राकृतिक र व्यावहारिक विशेषताहरूको प्रयोग जथाभावी र जहिले पनि गर्दै आएको छ । भारतले धेरै अघिदेखि मिचाहा काम गर्ने उनाचो गर्दै आयो । यो अति नै अशोभनीय प्रवृत्ति हो ।
यहाँसम्म कि ४ मार्च १८१६ मा सुगौली सन्धि गर्दा त्यति टाढा सात समुद्रपारिको ब्रिटिश उपनिवेशवादले पनि कालीको उद्गमस्थल लिम्पियाधुराको नक्सा त्यो सम्झौतामा टाँसेर राखेन । तत्कालीन नेपाली शासकहरूको बुद्धि पुगेन या ध्यानाकर्षण भएन या ब्रिटिश सरकारलाई बढी विश्वास गरे नक्साका सम्बन्धमा कुरा उठाएनन् । फलस्वरुप आज भारतीयहरू नै शासन गरेको भारत कालीको मुहान तुल्सीङ्यँराङको कालापानी हो भन्ने दाबी गर्दै छन् । प्रधानमन्त्री छँदा गिरिजाप्रसाद कोइरालाले कालीको मुहान लिम्पियाधुरा नै हो भन्न सकेनन् । तापनि उनले कालापानी होइन बरु लिपुलेक हो चाहिँ भने तापनि भारतले त्यो मानेन । भारतमा रजाइँ गरिरहेको ब्रिटिश उपनिवेशवादले सुगौली सन्धि गर्दा एउटा नक्सा अट्याच गरिदिएको भए आज यो सीमासम्बन्धी झउलो आउँदैन थियो । नेपाल र भारत पूरा मित्रवत् बस्नसक्थे यो द्वन्द्वको आजको संसारमा पनि ।
यो हो नेपाल–भारत सम्बन्धको एउटा पृष्ठपक्ष । नेपाली माटो पनि बगेर जाँदा भारतमै पुग्छ पानीमात्र होइन किनकि यी हाम्रा दुई छिमेकी मुलुकको भू–अवस्थिति नै यस्तै छ । होला, विश्व ब्रह्माण्डमा हजारौँ हजार वर्षमा आउने बृहद् भूकम्पले नेपाल, भारत र चीन अनि एसियाकै भूतलमा व्यापक उथलपुथल ल्याएर नेपाललाई भारतभन्दा होचो भूखण्डमा परिणत ग¥यो भनेबाहेक हामी यही वस्तुगत स्थितिमा रहनुपर्नेछ । हो, प्राग् इतिहासकालमा समुद्रमुनिको विशाल भागलाई उछिट्याई उचालेर विश्वकै सर्वोच्च हिमशिखरको रूपमा जस्तै भएमा नेपाल, भारत र चीनको आजको भू–अवस्थितिमा परिवर्तन आउन सक्छ । अन्यथा आजकै अवस्थामा हामी सबैले अनिश्चित कालसम्म निर्वाह गर्नुपर्ने हुन्छ । यो यथास्थितिमा हामी सबै छिमेकी देश ठूलो छात्तीपारि मिलेर बस्नुपर्ने प्रकृतिको आदेश छ । यो पनि शाश्वत् सत्य हो । यस्तो वास्तविकता जीवन्त छँदाछँदै नेपाल निकै अघिदेखि नै भारतीय शासनबाट सेपिँदै आएको छ । सुगौली सन्धिले सकारेको नेपालको सीमामा पनि भारत सरकार बेला–बेलामा अनावश्यक खिचलो गर्छ । यो खिचलो परम मित्रताको संस्कारसँग बिलकुलै मेल खाँदैन ।
त्यो त यस्तै १२ सय १३ किलोमिटर जमीन र ५९५ किमि नदी सीमासमेत १ हजार ८०८ किमि लामो खुला सीमा भएको नेपाल–भारत भू–परिधिका कारण पूर्वको फालेलुङ, सन्दकपु–उत्तरको किमाथाङ्का, रसुवागढी, नामथला, तिञ्जे, हिल्सा, ताक्लाकोट, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली माटो बगेर वार्षिक २।४ करोड धनमिटरभन्दा बढी बंगालखाडीमा थुप्रिन्छ । यो सायद, नेपालको आफ्नो बूताले रोक्न सकिँदैन । तर भारतले नेपालका सीमा जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५४ ठाउँमा सीमा अतिक्रमण गरेको छ भन्ने तथ्याङ्क सीमा विशेषज्ञ स्पष्ट गर्छन् । कैयौँ ठाउँमा त दशगजासमेत अतिक्रमित छ । यो नराम्रो काम भारत सरकारले रोक्न मन गरे रोक्न सक्छ । तर २२ वर्ष अघिदेखि बनाएको दुईपक्षीय सीमा निर्धारण पुनरावलोकनको काम अझै सकिएको छैन । यो भयो माटो या भूमिबारेको कचमच ।
अब आयो पानीको कुरो । भारत विशाल छ, जनसङ्ख्या धेरै छ नेपालको तुलनामा । यो यथार्थ स्पष्टै छ । यो वास्तविकतामा भारतीय जनताको निम्ति खाद्यवस्तु उत्पादन पहिलो आवश्यकता हो । यसै तथ्यलाई दृष्टिगत गरी भारत सरकारले पानीको महत्व आत्मसात गरी एउटा महत्वाकाङ्क्षी, बृहद् नदी जोड्ने योजना तर्जुमा गर्दै छ । यसका निम्ति व्यापक जलाधार सीमानदी व्यवस्थापन प्रमुख र जटिल विषय हुन आउँछन् । नेपालमात्र होइन भुटान र चीनको तिब्बतसमेत यस काममा जलाधार भू–भागमा पर्छन् । यस मेलोमा जल उद्गम देश र प्रभावित देशबीचको लाभको वितरण त्यो पनि न्यायोचित सजिलो छैन । अनि तल्लो तटीय लाभको बाँडफाँड अर्को जेलिएको विषय हो । यी समस्या छन् हाम्रो बीच ।
अबको भारतको लागि पानीको अधिकतम उपयोगको प्रसङ्गमा एक थोपा पानी पनि मूल्यवान हुने भयो । नेपालको प्रभूत पानीमाथि आजको भारत आफ्नो स्वामित्व कायम गर्न हतारिएको छ । यसै बृहद् परिप्रेक्षमा नेपालका विशाल नदी कोशी, गण्डकी, कर्णाली र सीमानदी महाकाली–मेचीको पानीमा आफ्नो निर्वाध स्वामित्व स्थापित गर्न आकाश–पाताल जोड्दै छ भारत । यतिमात्र होइन वर्षाद्को अपरिमित पानीमध्ये एकथोपा पनि खेर जान नदिने रणनीतिअन्तर्गत सप्तकोसी उच्च बाँधको योजना अघि सारेको छ भने महाकालीको पञ्चेश्वर उच्च बाँधपछि पूर्णागिरीमा अर्को बाँध निर्माण गरी महाकालीको करोडौँ घनमिटर पानी बा¥है महिना उत्पादनमा प्रयोग गर्न दीर्घकालीन योजनामा व्यस्त छ । भर्खरै भारतमा सम्पन्न नेपाल–भारत द्विपक्षीय जलस्रोत वार्तामा नेपालले पूर्णाािगरी होइन रुपालीगाढमा दोस्रो बाँध बनाउने प्रस्ताव गरेको छ । यी उच्च बाँधले बाँध उत्तरपूर्व पश्चिमका धान उत्पादन हुने लाखौँ हेक्टर उर्वरा जमिन डुब्नेछन् र त्यस क्षेत्रका बसोबासी लाखौँ नेपालीको उठिबास हुनेछ । त्यत्रो जनसङ्ख्या विकास शरणार्थी बन्नुपर्ने छ । यस दिशातर्फ राज्यको ध्यान कति गम्भीररूपमा पुगेको छ नेपाली जनता जान्न चाहन्छन् । यो नागरिकको मौलिक हक पनि हो ।
यसका अलावा नेपालबाट भारततर्फ बग्ने सानाभन्दा साना नदी, खोला खोल्सीका समेत पारिपट्टि भारतले पानी खेर नजाने तरकीव गरिरहेको छ । यो काम पछि गएर भोगाधिकारमा बदलिनेछ । यसको तात्पर्य हो भोलि नेपालले आफ्नो पानी आफ्नो लागि प्रयोग गर्नसक्दैन । आजको भारतको नेपाली पानीप्रतिको लोभ भोलिका सम्पदाका निम्ति निर्वाध र अक्षुण्ण स्रोत बनाउनु हो भने आज पनि जल उत्पन्न प्रकोप, बाढीको मार न्यूनीकरण गर्नु हो । आजको यो विश्व भोलि पानीको अभावमा पुग्ने पक्का छ । तेस्रो विश्वयुद्ध नहोला किनकि अति धेरै पारमाणविक हातहतियारको उत्पादन र परीक्षणका कारण सायद युद्ध सुरु गर्ने मुलुक पनि खरानी हुने हुँदा तेस्रो विश्वयुद्धको तर्क छैन । परन्तु, जान्नेसुन्नेहरू भन्न थालेका छन्, यदि तैपनि विश्वयुद्ध भइहालेमा पानीको निम्ति हुनसक्छ । यो विषयको गाम्भीर्य भारतले आत्मसात गरेको छ । दुर्भाग्यवश हामी नेपालीले यो बुझ्नै चाहँदैनौँ ।
भारतको महाकाली रोकेको नौ वर्ष भयो । उता भारत धौलीगंगामा बिजुली योजना कार्यान्वयन गर्दै छ । पञ्चेश्वर मुनी सके पूर्णागिरीमा नसकेपछि रुपालीगाढ । अर्को बाँध बनाउँदै छ । टनकपुरमा नयाँ बाँध छदै छ भने शारदा बाँध त झन् चन्द्र शमशेरको पालादेखिकै हो । महाकालीमै पाँच पाँचवटा बाँध ९धौलीगङ्गासमेत गरी० बनेपछि जलविद्युत् त कति हो कति, दक्षिण भारतका उष्ण मरुभूमिसमेत सस्यश्यामला हराभर हुने भए, बाढी नियन्त्रण त हुने नै भयो । यस्तो दीर्घकालीन जलस्रोत रणनीति प्रक्षेपण गरी भारत नेपालको सार्वभौम पानीमाथि प्रत्यक्ष वा परोक्ष राज गर्न उद्यत छ । यो बेला देशभक्तहरूले गम्भीर भएर केही गर्नैप¥यो ।
समयमा नै नेपालले बुद्धि पु¥याएन भने रसियावाल खुर्दलोटन, महलीसागर, लक्ष्मणपुरजस्ता साना अनेकौँ बाँधमात्र होइन साना–ठूला गरी नेपालबाट भारततिर बग्ने माटोमाथिका १५० वटा जलस्रोत सबैमा भारतले बाँध बाँध्ने छ । अनि सीमारेखाको काम गरेको बैतडीदेखि झापासम्मका ६० वटा ठूला मझौला नदीमा श्रृङ्खलाबद्ध बाँध बनाउँदै गयो भने नेपालको दक्षिण भागका प्रायः समतल धेरै भू–भाग डुब्ने छन् । त्यो बेला नेपाल के गर्नसक्छ रु नेपालले भारतसमक्ष डुवानसम्बन्धी ३६ वटा मुद्दा उठाउँदा भारतले २२ वटा मुद्दा राख्यो । नेपालले बनाएको चाँदनी दोधारालाई नदी कटानबाट जोगाउन गरेको प्रयत्नलाई भारतीय भूभाग डुब्यो भन्ने प्रसङ्ग उठायो । सीमास्तम्भहरूको अवस्था उस्तै गम्भीर छ । यस्ता जीवन्त समस्याबारेमा नेपाली पक्ष कति सक्षम छ, कति सशक्त छ र कति इमानदार छ रु प्रश्न उठ्छ ।
वास्तवमा मुलुक भनेकै माटो, पानी, वन–वनस्पति, घाम, हावा र त्यस परिस्थितिकीय वातावरणमा बस्ने, विचरण गर्ने, उड्ने, उफ्रने, घस्रने, डुब्ने, प्राणीसमेत समष्टिको योग हो । यी सम्पूर्णमध्ये कतिसँग गति छैन, कतिसँग बोली छैन, कतिसँग आँट छैन । तसर्थ अर्काले गरेको अन्याय थिचोमिचोको प्रतिरोध गर्नसक्ने मानिस नै हो । अरु प्राणीले गर्ने प्रतिरोध कति ठाउँमा प्रतिशोध हुनसक्छ भने कति ठाउँमा ठाडै आक्रमण र हिंसा हुनसक्छ । यो शाश्वत सत्य हो । यो सम्पूर्ण तथ्य हाम्रो भू–खण्ड मिच्ने र हाम्रो पानीमाथि दाबी राख्ने भारत सरकारलाई राम्ररी अवगत छ । तर पनि यो क्रम रोकिएको छैन ।
हामीकहाँबाट बगेर गएको पानीको सिमानानिरै बाँध बाँधी हैरान गराउने काम बरु ब्रिटिश भारतले गरेको थिएन । शारदा लियो सन् १९२० मा सम्झौता गरेर । अरु गिरिजापुरजस्ता ठूला र अन्य कैयौँ साना खोला र रसानहरू सुरक्षित थिए । परन्तु भारतीयहरूले शासन गर्न थालेपछि नेपाल झन् बढी थिचियो । यस दिशातर्फ हामी नेपालीहरू पनि कम दोषी छैनौँ । प्रतिकिलोवाट एक हजार अमेरिकी डलरमा तयार हुने बूढीगण्डकी र माथिल्लो कर्णाली जलविद्युत् आयोजना सञ्चालन गर्न भारतलाई दिन्छौँ । अनि ३५ सय डलर पर्ने महँगो आयोजना आफू सञ्चालन गर्न खोज्छौँ । यो भारतले बाध्य गराएको हो कि हाम्रै बुद्धिले हो रु हो, नेपाल भारतको निकटतम छिमेकी मित्र राष्ट्र हो । यो निर्विवाद हो । तर यसको तात्पर्य यो होइन हाम्रो चोखो माटो ९भूखण्ड० र अथाह पानीउपर छिमेकी भारतको पापी आँखा लागोस् । हाम्रा ठूला निर्णायक र भारतका समकक्षीहरू यसतर्फ गम्भीर हुनुपर्‍यो ।
स्रोतः प्रतिध्वनि ‘द्वैमासिक’ २०६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *