यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई हरायो

खेलकूद समाचार

भक्तपुर ५ बैशाख


मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले कुवेतलाई हराएको छ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको पाँचौं खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतलाइ नेपालले आठ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो ।

कुवेतका लागि नोमन बुद्रोले ७० रन बनाउँदा गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ रन बनाए । कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।उक्त खेलमा कुवेतका लागि अब्दुल शादिक र हमुद अमनउल्लाहले समान १–१ विकेट लिए ।

नेपालका लागि रित गौतमले ६२ रन जोडे भने पवनले ५३ रन बनाए । यस्तै आसिफ शेखले ३३ रन बनाए ।बलिङमा नेपालका लागि रोहित कुमार पौडेलले तीन तथा रासिद खान, सूर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए ।यो जितले पनि नेपालको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले हराएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरो बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *