रंगोलीले सजिए घर, गरियो लक्ष्मीपूजा 

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २६ कात्तिक

तिहारको मुख्य दिन लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । शहरी क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ ।

अझ त्यसमा पनि उद्योगी तथा व्यापारीहरुले यसको विशेष पूजा गर्छन् । लक्ष्मीपूजाअघि हिन्दू नेपालीहरुले आफ्नो घर तथा पसल सरसफाइ गर्छन्, माला र फूलले सजाउँछन् । विभिन्न रंगहरु मिलाएर रंगोली बनाउँछन् । रंगोलीदेखि घरको मूलकोठा वा पूजा कोठासम्म बाटो बनाउँछन् ।

साँझमा धुमधामले लक्ष्मीको पूजा गर्छन् । मिठाइ र फलफूलको प्रसाद बाँड्छन् । हरेक वर्ष तिहारमा कुकुर तिहारको साँझमा वा गाईतिहारको साँझमा लक्ष्मीपूजा गरिन्छ ।

यसवर्ष भने कुकुर तिहारको दिनको साँझमा लक्ष्मीपूजा परेको छ । लक्ष्मीपूजाको दिन घर उज्यालो पार्ने चलन छ । हुनत हिजोआज तिहार अवधिभर नै झिलिमिली बत्तीले घर सजाउने चलन चलिसकेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *