जनताको सक्रिय सहभागिताले जात्रा सफल हुने

विशेष समाचार सम्पादकीय

 

जात्राको शहर भक्तपुर विश्वकै प्रख्यात शहर मध्येमा पर्छ । जवसम्म जात्रा जीवन्त रहन्छ, तबसम्म यहाँको पहिचान बाकी रहन्छ । जात्रामध्येमा नयाँ वर्षसँगै मनाउने विस्केत जात्राको आज अन्तिम दिन हो । भैरबनाथको रथ तान्ने जात्रा अन्य जात्राभन्दा आकर्षक र मनमोहक मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको पाटो बनेको विस्केट जात्रा ८ रात ९ दिन मनाइन्छ । प्रत्येक वर्ष झै मानवीय क्षति भइरहने यो वर्ष जात्राकै कारण त्यस्तो भएन । स्थानीय जनता, जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयलगायत यहाँका टीम, क्लव, विद्यालय, कलेज, सहकारी संघ संस्थाहरुको ऐक्यबद्धताले जात्रा सफल भएको मान्न सकिन्छ । विस्केट जात्रामा उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समाउन प्रत्येक चोक चोकमा ३२ वटा सीसी क्यामेराको बन्दोबस्त गरी प्रहरी प्रशासनले हेरिराखेको छ । यसले गर्दा पनि त्यस्तो गतिविधि हुन सकेन ।
आजको दिन (वैशाख ५ गते) भैरवनाथ रथ तान्ने जात्रा भएकाले पहिलो दिन चैत २७ गते र आजको दिनलाई विशेष दिनको रुपमा हेरिन्छ । भैरवनाथ रथको जात्रा हामी सबैको जात्रा भएकाले भक्तपुरको राम्रो पहिचान दिन हामी सबै सक्रिय रुपमा लाग्नुपर्ने देखिन्छ । कोही पनि त्यस्तो अवाञ्छित गतिविधिमा नलाग्न नलगाउन आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने देखिन्छ । अन्यथा, आजको दिनमा कुनै मानवीय क्षति भएन भने सबैका लागि जात्रा सफल भएको मानिन्छ । अन्यथा, भक्तपुरको कला संस्कृतिको विशेषता जोगाउन मुस्किल पर्नेछ । जात्रालाई राम्रोसँग सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सबैले साथ र सहयोग गर्नु आवश्यक छ । नेपालका विभिन्न जिल्ला र देशहरुबाट हजारौं मान्छेले हेर्ने यस जात्रा सफल हुनु हाम्रो गौरब हो । यसलाई राम्रो जात्राको रुपमा अगाडि बढाउन विशेषतः स्थानीयको कडा परिश्रमको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *