चोछें मरुचा पाटी उद्घाटन

कला/साहित्य विशेष समाचार समाचार
भक्तपुर १९ चैत
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार भनपा वडा नं. ६ चोछेँस्थित मरुचा पाटी उद्घाटन गरे ।कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले विदेशी संघ–संस्थाको सहयोगको भरमा देशको दिगो विकास सम्भव नहुने बताऐ ।भक्तपुरका सांस्कृतिक सम्पदा संरक्षण कार्य अरु ठाउँको तुलनामा व्यवस्थित भएको बताउँदै प्रमुख प्रजापतिले नगरलाई सफा बनाउन नगरबासी सचेत हुनुपर्ने र नगरपालिकाको काममा रचनात्मक साथ र सहयोगको आवश्यकता औंल्याए ।
भक्तपुरको ऐतिहासिक रानी पोखरी जीर्णोद्धार वा पुनःनिर्माण गरी संरक्षण गर्नु भक्तपुर नपाले आफ्नो दायित्व ठानेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका थुपै्र मठ मन्दिरहरू मौलिक शैलीमै जीर्णोद्धार तथा पुनःनिर्माण भइसकेको र कयौं सम्पदाहरु जिर्णोद्धार भइरहेको जानकारी गराए ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले स्थानीय उपभोक्ता समिति र अमानवताबाट हुने विकास निर्माण कम लागतमा गुणस्तरीय हुनुका साथै स्थानीयलाई रोजगारको अवसर सृजना हुने बताऐ ।
उनले वडामा भइरहेका गतिविधिहरूबारे जानकारी दिंदै स्थानीय जात्रा सञ्चालनको लागि आर्थिक सहयोग पनि वडाले उपलब्ध गराउँदै विचार राखे ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवालले सांस्कृतिक सम्पदाहरू हाम्रो पहिचान भएको हुँदा त्यसको संरक्षण गर्नुपर्ने र नगरभित्र उपभोक्ता समितिमार्फत् गुणस्तरीय ढुंगा छपाइका कार्यहरू अगाडि बढिरहेको बताएो ।
कार्यक्रममा वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल, स्थानीय शिक्षक गणेशराम सुवालले पनि बोलेको थियो ।
उपभोक्ता समितिका अध्यक्ष तुल्सीनारायण सुवुालले मरुचा पाटी ६ सय वर्ष पुरानो देखिन आएको र टोलका मूर्तिहरूको संरक्षण÷सम्बद्र्धनमा सम्बन्धित निकायको ध्यान जान आवश्यक भएको बताए ।  उनँले पाटी पुनःनिर्माणमा कूल लागत १७ लाख ६८ हजार ८ सय ६२ रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *