नेपाल–चीनबीच सांस्कृतिक साहित्य आदानप्रदान

काठमाडौँ, २ फागुन नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ सांस्कृतिक विभागबीच आज भेटवार्ता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको भेटवार्तामा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव प्राडा जगतप्रसाद उपाध्याय र कुलपति सचिवालयका प्रमुख विश्वास घिमिरे तथा नेपालस्थित चिनियाँ दूतावासको सांस्कृतिक विभाग प्रमुख सिपाइ […]

Continue Reading

अस्पताल बन्द हुँदा सेवाग्राही मर्कामा

दमौली, २ फागुन तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल पाँच महीनादेखि बन्द हुदा सेवाग्राही मर्कामा परेका छन् । जनशक्ति अभावले पाँच महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । मन्त्रिपरिषद्ले ढोरफिर्दी स्वास्थ्य चौकीलाई फूलबारीमा समायोजन गरेर १५ शै्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेपनि अस्पताल बन्द अवस्थामा छ । […]

Continue Reading

शहीद स्मारक फुटबल : पुल्चोक स्पोर्टस क्लब विजयी

काठमाडौँ, २ फागुन राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २/१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुल्चोकको जितमा रामकाजी कुमाल र टिकाराज गुरुङले एक एक गोल गरे । रामकाजीले […]

Continue Reading

विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौँ, २ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ । अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराए । झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत […]

Continue Reading

गर्मीका कपडा बनाउन तयारी पोशाक उद्योगलाई चटारो

बाँके, २ फागुन विगतका वर्षहरुमा शीतलहरले आक्रान्त बनाउने बाँके र बर्दियामा यस वर्ष शीतलहरको प्रभाव परेन । एकदुई दिन हुस्सु लागे पनि दिनभर घाम लागेपछि पुसमाघमा पनि बाँकेबासीले चिसोको सामना गर्नुपरेन । माघ अन्तिम तीन दिन लगातार झरी परेपछि केही चिसो महसुस गरे बाँकेबासीले । फागुन लागेसँगै बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेको छ […]

Continue Reading

इज्जतसँग बाँच्न चाहन्छन् बादी समुदाय

नेपालगञ्ज, २ फागुन देह व्यापारमा संलग्न भनी विगतमा होच्याइएका र थिचोमिचोमा परेका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ । विगतमा समाजबाट हेपिएका सो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ । यो […]

Continue Reading

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदै

काठमाडौं २ फागुन आज १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् भने विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ ।विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले […]

Continue Reading

प्रणय दिवसः प्रेमको प्रतीक बन्यो रानीमहल

पाल्पा, २ फागुन  प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतीकका रुपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन् । प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भीडभाड लाग्दा चहलपहल बढेको हो । नेपालको ताजमहलका रुपमा परिचित रानीमहललाई प्रेमको […]

Continue Reading

ओलम्पिक दोस्रो चरणको छनोट स् नेपाल भारत एउटै समूहमा

काठमाडौँ, २ फागुन सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ । एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मामा […]

Continue Reading

‘नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि

काठमाडौँ, २ फागुन नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ । यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने […]

Continue Reading