नेपाल–चीनबीच सांस्कृतिक साहित्य आदानप्रदान

कला/साहित्य समाचार

काठमाडौँ, २ फागुन


नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ सांस्कृतिक विभागबीच आज भेटवार्ता भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको भेटवार्तामा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव प्राडा जगतप्रसाद उपाध्याय र कुलपति सचिवालयका प्रमुख विश्वास घिमिरे तथा नेपालस्थित चिनियाँ दूतावासको सांस्कृतिक विभाग प्रमुख सिपाइ र सांस्कृतिक सहचारी छङ चनलगायत सहभागी हुन्थ्यो ।

भेटवार्तामा दोस्रो चीन तथा दक्षिण एशिया साहित्य सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालमा गर्ने, नेपाली प्रकाशन चीनमा र चिनियाँ प्रकाशन नेपालमा अनुवाद गर्ने बारेमा समेत छलफल भएको कुलपति उप्रेतीले राससलाई जानकारी दिए ।

चीन सरकारको सहयोगमा प्रतिष्ठान परिसरभित्र आधुनिक प्रशासनिक भवन निर्माण गर्ने बारेमा समेत छलफल भएको छ ।

उक्त भवन निर्माण भइसकेपछि अहिलेको भवनमा आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेललगायतका साहित्यकारको नाममा विभिन्न कक्ष तथा सङ्ग्रहालय निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *