जगातीबाट अवैध लागूऔषध सहित चार पक्राउ

विशेष समाचार समाचार

भक्तपुर ५ फागुन


भक्तपुरको जगातीबाट अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सूर्यबिनायक नगरपालिका–८ स्थित जगाती चेकपोष्ट अगाडी सवारी साधन जाँच गर्ने क्रममा बा ५ ख १०६४ नम्बरको हाईस गाडीबाट अवैध लागूऔषध डालेक्स डिसी १ सय एमएलको ९९ थान सहित चालक अजय परियार र सहचालक रमेश परियारलाई महानगरीय प्रहरी बृत जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो र सोही घटनामा संलग्न रहेका मकवानपुरका रमेशप्रसाद दाहाल र काठमाडौं कपन बस्ने सप्तरीका सलमान मियालाई समेत भक्तपुर राधेराधेबाट प्रहरीले पक्राउ गरेको छ ।मियाको साथबाट डालेक्स डिसी ७५ थान र नाईट्रोभेट ४२ समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले लागू औषधका कारोबारी बारे थप अनुसन्धान जारी रहेको जनाएको छद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *