नेता खनाल र चिनियाँ राजदूत भेट

राजनीति समाचार

काठमाडौँ, १ फागुन


नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेको छ ।

नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको अवगत गराए । उनले आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।

नेता खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र यो भूमिलाई कुनै पनि चीन विरोधी क्रियाकलापमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

राजदूत यानछीले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गर्दै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पु¥याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *