सुन्तला बिक्रीबाट रु ३८ करोड आम्दानी

अर्थ/वाणिज्य समाचार स्वास्थ्य

गोरखा, २१ माघ


गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए । ‘ताङलिचोकलाई पनि जोडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरिको उत्पादनमध्ये ५५ प्रतिशत सुन्तला उत्पादन तथा बिक्री भएको छ ।’ अधिकारीले भने ।

जिल्लामा यसवर्ष छ हजार ६०० टन सुन्तला उत्पादन तथा बिक्री भएको उनले बताए । यसवर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम रु ५० देखि अधिकतम रु ८० किलोसम्ममा बिक्री भएको अधिकारीले बताए ।

उनका अनुसार जिल्लामा यस वर्ष अ

Leave a Reply

Your email address will not be published. Required fields are marked *