फेवातालमा पौडी प्रतियोगिता

खेलकूद समाचार

कास्की, २५ असोज


पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते फेवातालको दुई दशमलब पाँच किमी दूरीमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रतियोगितामा विदेशी पर्यटकसहित लगभग ५० जना सहभागी हुनेछन् । पुरुष र महिलाको छुट्टाछुट्टै मूल्याङ्कन गरिने र फेवातालको बाराहीघाटबाट पारी पुगेर पौडीबाजहरु पुनः बाराहीघाटमै फर्कने रुट तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *