न्यूज अपडेट संवाददाता
काठमाडाैं, १८ चैत
आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो ।
करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको बारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताए ।
अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, सिटी स्क्यान लगायतका उपकरण राखिएको रेडियोलोजी विभागका कोठाहरुमा धुवा भरिएकाले आगलागी नियन्त्ररण गर्न धेरै समय लागेको प्रमुख खड्काले बताए ।
आगलागीबाट अल्ट्रासाउण्ड, एक्स रे, सिटी स्क्यान लगायतका उपकरणमा क्षति पुगेको छ । के कति मात्रामा क्षति भएको छ भन्ने यकिन भने प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने अस्पतालका कार्यकारी निर्देशक प्रकाशप्रसाद साहले बताए ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उपमहानगरको बारुण यन्त्र शाखाका प्रमुख खड्काले बताए ।