उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ फागुन वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरुमाझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययनपश्चात् थप उच्च शिक्षा अध्ययनमा अन्योल नहोस् भन्ने उद्देश्यले आयोजित […]

Continue Reading

कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ फागुन सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.(नेफ्स्कुन) को प्राविधिक सहयोगमा एक्सेस वाग्मती प्रथम समूहको ३१ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सिपाडोलमा सम्पन्न भएकाे छ । कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राम्रा सहकारीहरूको असल […]

Continue Reading

नेदरल्याण्ड्ससँग नेपाल पराजित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ फागुन दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले […]

Continue Reading

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ फागुन वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार चेतन सापकोटाले बताए। अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज […]

Continue Reading

भक्तपुर दरवार क्षेत्रमा तीन पुस्ताको फोटो प्रदर्शनी एकै साथमा हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ फागुन भक्तपुर पर्यटन विकास समितिले यही फागुन १८ र १९ गते भक्तपुरका ऐतिहासिक एवं पुरातात्विक महत्वका तीन पुस्ताले खिचेका ६८ वटा ‘व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी सिरिज वन’ भक्तपुरको दरवार क्षेत्रमा गर्ने भएको छ । भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली उनका छोरा केदार प्रसाद बनेपाली र नाति किसन र […]

Continue Reading

भक्तपुरबाट सम्पर्कविहीन ढकाल मृत भेटिए

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ फागुन तेह्रथुमको छथर गाउँपालिका – २ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । दुई दिन अघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी शुक्रबार भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै मृत फेला परेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् […]

Continue Reading

अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ फागुन अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्। उनले अमेरिकामै व्यवसाय गर्ने बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्। छोरी जन्माउन मात्रै अमेरिका गएको भन्दै उनकै पार्टीका […]

Continue Reading

थापाथली अस्पताल परिसरबाट बच्चा चोरी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ फागुन काठमाडौंको थापाथली  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको हो। उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएका कारण खोजेकी थिइन‍्। नभेटिएपछि उनले प्रहरीलाई जानकारी गराएकी […]

Continue Reading

देश ध्वस्ट पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छः अध्यक्ष विजुक्छेँ

सन्दर्भः वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सव न्यूज अपडेट संवाददाता भक्तपुर, १० फागुन ‘देश ध्वस्ट पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छ । शिक्षा क्षेत्रलाई विदेशीहरुले आक्रमण गरेपछि देशका कुनै पनि क्षेत्र अघि बढ्न सक्दैन । शासक दलका नेताहरुमा परेको विदेशी प्रभावकै कारण देश बर्बादीतर्फ गइरहेको […]

Continue Reading

वार्षिकोत्सवको अवसरमा वागीश्वरीका विद्यार्थी सरसफाइमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ फागुन वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार च्याम्हासिंह र कमलविनायक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ कार्यक्रम विद्यालय र कलेजका शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागितामा भएको हो । कार्यक्रम विद्यालय प्राङ्गण, च्याम्हासिंह पोखरी, विद्यालय तथा कलेज वरपरका सडक, पेटी, वगैंचालगायतका […]

Continue Reading