थसीमा तेस्रो नेपाल भाषा साहित्य तःमुँज्या सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
ललितपुर, १७ चैत

‘जनता बाँचे भाषा बाँच्छ, साहित्य क्रान्तिको औजार हो’ भन्दै महालक्ष्मी न.पा. वडा नं. ६ थसीस्थित तेस्रो नेपाल भाषा साहित्य (तःमूँज्या) सम्मेलन तथा सांंस्कृतिक कार्यक्रम शनिवार भब्य समारोहबीच सम्पन्न भएको छ ।

स्थानीय ज्येष्ठ नागरिक जीत बहादुर महर्जनले कार्यक्रमको उद्घाटन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं संघीय सांसद प्रेम सुवालले सामन्ती र पूँजीपतिहरुले गरिव जनताको लागि केही नहेर्ने बताए । उनले राजनीतिक रुपमा सचेत र संगठित रहे मात्र भ्रष्ट र फटाहाहरुलाई ठेगान लगाउन सक्ने बताउँदै देशका हरेक क्रियाकलापहरुको बारेमा साहित्यमार्फत सुसूचित हुनुपर्ने स्पष्ट पारे । तःमुँज्या कामदार वर्गको साझा मञ्च भएकोले यस सभामा कामदार वर्गले नै साहित्य बाचन गर्ने औल्याए ।

त्यस्तै नेपाल सरकार भारत र अमेरिकी कठपुतली भएकाले नेपाली जनताले दुःख पाइरहेको बताए । सरकारले नेपाली जनताका छोराछोरीलाई १ सय ७१ देशमा बैदेशिक रोजगारको नाममा मानव बेचबिखन गरिरहेको उनको भनाइ छ ।

सरकारले देश र जनताको हितमा कुनै काम नै गर्न नसक्ने ठोकुवा गर्दै भ्रष्टाचारीहरुको अखडाको रुपमा संसद भवन कायम रहेकोप्रति चिन्ता व्यक्त गरे । नयाँ वा पुरानो जुनसुकै पार्टी आएपनि नेपालको शासन सत्तामा रहेकाहरु कोही पनि इमान्दार नरहेको उनले औंल्याए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काठमाडौंका अध्यक्ष नारायण महर्जन, वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईलगायतले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रममा साहित्यकारहरु साहित्य बाचन गरेका थिए भने विभिन्न सांस्कृतिक समूहहरुले गीत, नृत्य तथा गीति नाटकहरु प्रस्तुति गरेका थिए ।

महिला सचेतनाका अभियन्ता सुजिता महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा इन्द्र महर्जनले स्वागत तथा आशिष डंगोलले गीतमार्फत स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *