राससका क्रियाशिल पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
ललितपुर, २ चैत

राष्ट्रिय समाचार समितिको वागमती प्रदेशमा क्रियाशिल पत्रकारका लागि सञ्चार रजिष्ट्रारको कार्यालय, जावलाखेलमा त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम शुक्रबारदेखि सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले राससका पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए । उनले मुहान नै फोहोर भए सबैतिर दुर्घन्ध फैलिने भएकाले मुहानको सफाइ अभियान अन्तर्गत यो तालिम भएको स्पष्ट पारे । उनले मान्छेको दिमागका लागि लगानी गरे मात्र मान्छे, समाज र देशमा सकारात्मक परिवर्तन हुने बताए । साथै यस तालिमअन्तर्गत फोटोसप, अनलाइन, सामाजिक सञ्जाल, आचारसंहिता र तथ्यांकबारे जानकारी पाउने उनको भनाइ छ ।
कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राईले राससको परिचय, विषयवस्तुबारे अन्गरक्रिया र राससका चुनौती र सम्भावनाबारे स्पष्ट पारेको थियो ।

राससका लागि अहिलेसम्मकै पहिलो पल्ट भएको पहिलो दिनको तालिममा प्रधानसम्पादक एकराज पाठकले समाचारबारे अन्तरक्रिया गरेको थियो भने तथ्यांक पत्रकारिताका प्रशिक्षक अरुण कार्कीले समाचारमा तथ्यांकको प्रयोगबारे प्रशिक्षण दिएको थियो ।

तालिममा राष्ट्रिय समाचार समिति, वागमती प्रदेश समाचार प्रमुख सुरेश कुमार झाले कार्यक्रम तालिकाबारे स्पष्ट पारेको उक्त तालिम वागमती प्रदेशभित्रका ४३ जना स्ट्रिङ्गरहरुलाई लक्षित गरी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *