ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको दशैको शुभकामना आदान–प्रदान

समाचार

धुलिखेल, १६ असोज


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले प्राध्यापक–कर्मचारीहरूबाट देश र जनताको हितमा अध्ययन र अनुसन्धानमार्फत नयाँ–नयाँ कुराहरू पत्ता लगाउन र जनतामा ज्ञान बाँड्न आग्रह गरे ।
ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बुधबार धुलिखेलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथि बिजुक्छेले पार्टीको सातौं महाधिवेशनमा सहयोग गर्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
शारीरिक र बौद्धिक श्रम गर्ने कामदार जनतालाई वर्गीय र राजनैतिक चेतना दिएर जनताकै बलमा जनताको प्रजातन्त्र हुदै समाजवाद र साम्यवादसम्म पुग्ने पार्टीको लक्ष्य महाधिवेशनले पारित गरेको उल्लेख गरे ।
अध्यक्ष बिजुक्छेले शोषणमा आधारित वर्तमान पुजीवादी व्यवस्थामा कामदार जनताको हित नहुने चर्चा गर्दै भने, “साम्यवादी व्यवस्था वर्गविहीन, शोषणरहित र राज्यविहीन हुन्छ । मजदुर र किसानबीच तथा गाउँ र सहरबीच भेद् हट्छ । हरेक नगारिकले योग्यताअनुसार काम र आवश्यकताअनुसार पारिश्रमिक पाउँछ ।”
साम्यवादी समाज सपनामात्र नभई सपनालाई यथार्थतामा कार्यान्वयन गर्न नेमकिपा प्रतिबद्ध रहेको प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेले जनताका समस्या समाधानको उपाय, समाजवाद एवम् साम्यवादी व्यवस्थाका विशेषता र नेपाली समाजमा यसको आवश्यकताबारे जनतासम्म पुर्याउन प्राज्ञिक छलफल गर्नुपर्नेमा जोड दिऐ ।
पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा इमानदारीपूर्वक अध्यापन गरी योग्य शैक्षिक जनशक्ति उत्पादनमा रात–दिन लाग्नुहुने सबै प्राध्यापक–कर्मचारीहरूप्रति धन्यवाद ज्ञापन गरे ।
उनले शासक दलहरूको गैरराजनैतिक दृष्टिकोण एवम् आपराधिक क्रियाकलापले गर्दा भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा बेथिति र भ्रष्टाचार बढेको बताए ।
प्रमुख प्रजापतिले नेमकिपाले शिक्षामार्फत नयाँ पुस्तालाई देश र जनताप्रति उत्तरदायी बनाउन अगाडि बढिरहँदा शासक दलहरू ख्वप विश्वविद्यालय स्थापनामा आलताल गरिरहेको बताए ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सासद सुरेन्द्रराज गोसाईले भारतीय विस्तारवाद एवम् एकाधिकार पुँजीको नेपालमा हस्तक्षेप बढिरहेको हुँदा बौद्धिक वर्ग एवम् जनताले भारतीय विस्तारवादविरूद्ध आवाज उठाउनुपर्ने आवश्यकता औल्याए ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का सांसद सिर्जना सैजूले निःस्वार्थरूपले देश र जनताको सेवा गर्नु नै राजनीतिको एकमात्र उद्देश्य हुनुपर्छ भने ।
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले शिक्षा–स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइको क्षेत्रमा रिुवशेष ध्यान दिई काम गरिरहेको बताए ।
कलेज सञ्चालक समितिका सदस्य एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यका काम भइरहेको छ भने ।
् कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप इन्जिनियरिङ कलेका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *