पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्म मंकीपक्सका संक्रमितको संख्या ५ सय नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले बेलायतमा ५२४ मंकीपक्सका घटनाहरू दर्ता भएको बताएको छ। स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा मंगलबारसम्म पुष्टि भएका संक्रमित संख्या ५ सय २४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ।