एमसीसी विरूद्ध नेमकिपाकाे सभा जारी, १५ गते पनि खबरदारी

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ फागुन

मिलिनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) विरूद्ध नेपाल मजदुर किसान पार्टीले शुक्रबार पनि बानेश्वरमा संसद घेराउ गरेकाे छ । काेटेश्वरबाट शुरू भएकाे जुलुस बानेश्वरस्थित सभामा परिणत भएकाे थियाे ।

जनताकाे आन्दोलनले मात्र एमसीसी खारेज गर्ने भएकाले जनता उठ्नु आवश्यक रहेकाे नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले बताए । उनले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यबादका दलालहरूलाइ देशबाट पचासाफ गर्नुपर्ने बताए । उनले जनता सर्वशक्तिमान रहेकाे जनताकाे अगाडि नेताहरू झुक्नुपर्ने बताए ।

नेमकिपाका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभासद सुरेन्द्रराज गाेसाइले काे मित्र, काे शत्रु, काे बामपन्थी, काे दक्षिणपन्थी, काे देशभक्ति, काे देशधाटी, काे स्वाभिमानी नेपाली, काे अवसरबादी ? स्पष्ट पार्दै नेपाल मजदुर किसान पार्टी कुनै पनि देशघाटी, अवसरवादी, दक्षिणपन्थी, अवसरबादीसँग नझुकिने बताए । एमसीसी यसै आन्दोलनकाे उपज भएकाे उनकाे ठम्याइ छ ।

अर्का केन्द्रीय सदस्य उकेश कवां, अनुराधा थापामगर, विद्यार्थी नेता हृदय दाहाललगायतले एमसीसी राष्ट्रघाटी भएकाले तुरून्तै  खारेज गर्नुपर्ने बताए ।

शुक्रबारकाे संसद स्थगित गरी फागुन १५ गते दिनकाे १ बजे बाेलाइएकाे छ । साे दिनमा पनि एमसीसी विरूद्ध आन्दोलनमा सहभागी हुन तमाम देशभक्त नेपालीमा पार्टीले आह्वान गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *