वार्तामार्फत युक्रेन सङ्कटको समाधान गर्नुपर्नेमा चीनको जोड

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, ११ फागुन

(सीआरआई) रूसले पूर्वी युक्रेनका दुई वटा गणतन्त्रलाई स्वीकार गरेको छ । त्यसपछि अमेरिकाले रूसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । साथै केही पश्चिमा मुलुकले पनि प्रतिबन्ध लगाउन घोषणा गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को युक्रेन समस्यासम्बन्धी आपत्कालीन सम्मेलनमा चीनले संयम राखेर अवस्थालाई गम्भीर बनाउने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेको छ ।

यो नै युक्रेन सङ्कटको समाधान गर्ने आवश्यक तर्कसङ्गत विचार हो । सन् २०१४ देखि युक्रेन समस्याको विकास प्रवृत्तिबारे समीक्षा गर्दा विभिन्न पक्षबीच जटिल स्वार्थ रहेको देखिएको छ । शीतयुद्ध सकिएपछि नेटोले पूर्वतिर विस्तार गर्न खोजिरहेको थियो । रूसले पूर्वतिर अरू नसर्ने र हतियार नराख्ने बाध्यकारी लिखित प्रतिबद्धता दिन नेटोलाई आग्रह गरेको थियो । ठूला मुलुकको खेलबीच युक्रेनलाई सार्वभौमिकता र राष्ट्रिय सुरक्षामा अतिक्रमण हुने चिन्ता लागेकाले नेटोको संरक्षण पाउने आशा थियो । तर, युरोपेली मुलुकलाई डर छ कि नियन्त्रण गर्न नसकिने युद्धमा फेरि संलग्न हुनुपर्नेछ ।

वर्तमान युक्रेनमा जटिल स्थिति बनेको छ । अमेरिकाले द्वन्द्व थप्ने भूमिका निर्वाह गरेको छ । केही समययता वाशिङ्टनले तथाकथित रूसले युक्रेनमा आक्रमण गर्ने खबर फैलाएर आन्तरिक विरोधाभासलाई स्थानान्तरण गर्न खोजिएको छ । भूराजनीतिक तनावपूर्ण स्थितिमार्फत युरोपको नियन्त्रण गर्न खोजेको छ । अमेरिकाको गतिविधिले युक्रेन स्थितिमा आगोमा घिउ थप्ने काम देखिन्छ ।
युक्रेन सङ्कटको समाधान गर्ने सबभन्दा राम्रो उपाय वार्ता गर्ने हो आगोमा घिउ थप्ने होइन । सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा रहेको चीनले युक्रेन समस्यामा स्थिर अडान राखिरहेको छ । कुनै पनि मुलुकको उचित सुरक्षा चिन्तालाई सम्मान दिनुपर्छ र संयुक्त राष्ट्र सङ्घको बडा पत्रको उद्देश्य तथा सिद्धान्तहरूलाई संरक्षण गर्नुपर्छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा युक्रेन परिस्थितिबारे एक बैठकको आयोजना गरिने भएको छ । संयुक्त राष्ट्र सङ्घीय राजनैतिक मामिला विभागका महासचिव दीकार्लो उक्त बैठकमा सहभागी हुनुहुनेछ ।
सुरक्षा परिषद्को वर्तमान अध्यक्ष मुलुक रूसले अमेरिकाको मागलाई स्वीकार गरेपछि उक्त सम्मेलनको ढोका खोलेको हो । सो जरूरी बैठकमा युक्रेनको सहभागिता हुने पनि जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *