काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १७ भदाै

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना कोरोना संक्रमित देखिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ६१९  र तीन हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार  ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *