मुना मुसिख्वाल
भक्तपुर, १९ साउन
हनुमन्ते नदी सरसफाई अभियानको गौरवमय ७५ हप्ताको अवसरमा सूर्यविनायक नगरपालिकाको सूर्यविनायक चोकदेखि अरनिको राजमार्ग जडिबुटि सम्म विचको भागमा हरियाली कायम गर्न दुबो तथा विरुवा रोपी सफा सभ्य नमुना भक्तपुर बनाउने कार्यको शुभारम्भ गर्दै बन तथा वातावरण मन्त्री माननीय शक्ति बहादुर बस्नेत समग्र भक्तपुरका जनसमुदायलाई सामाजिक कार्यमा सहभागी गराई समृद्ध भक्तपुर बनाउने अभियानको महानायक माननीय सांसद महेश बस्नेत तथा अभियानका संयोजक सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापा ,अभियानले खोला नाला राजमार्ग सार्वजनिक सम्पदाको सफा राख्ने छ । कार्यक्रममा जनप्रतिधि,अभियान कर्मी, राष्ट्रसेवक कर्मचारी ,नेपाली सेना पत्रकार एवम् विभिन्न संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।