फेरी बढ्याे काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ५ साउन

पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण गर्दा दुई हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार ५९५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५८५ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५९२ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *