रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २९ माघ

रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

नेकपा रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।

उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

शुक्रबार सोनाम ल्होसारको सार्वजनिक बिदा र पर्सि शनिबार परेकोले दुई दिन अदालत खुल्दैन । त्यसैले, आइतबार उक्त मुद्दाको पेसी तोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *