भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

न्यूज अपडेट बैतडी, २७ माघ बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको  पुष्टि भएकाे छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको बताएका हुन् । ‘सोमबार लिखित पोष्टमार्टम रिपोर्ट आइसकेको छ, बलात्कारपछि हत्या भएको देखिएको छ’, डीआईजी सुवेदीले भने । […]

Continue Reading

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुस्ः प्रधानमन्त्री ओली

न्यूज अपडेट काठमाडाैं, २७ माघ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको चुनावका तयारीबारे बुझ्न मगंलबार निर्वाचन आयोगमा ।   प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे दिएका छन् । सरकारले आगामी वैशाख १७ […]

Continue Reading

माघ ३० गते सार्बजनिक बिदा दिने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, २७ माघ सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको […]

Continue Reading

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

न्यूज अपडेट काठमाडाैं, २७ माघ फाईल तस्बिर । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ‘मन्त्रिपरिषद् बैठकबाट पहिलो र […]

Continue Reading

मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगिता सम्पन्न

न्यूज अपडेट काठमाडाैं, २७ माघ नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेशको आयोजनामा सम्पन्न मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौ मुद्रण उद्योग संघ बिजयी भएको छ । वैजयन्ती फुटसल, ड्रिमसिटी, भक्तपूरमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल मुद्रण उद्योग महासंघ, नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेश र  काठमाडौ मुद्रण उद्योग संघ वीच प्रतिस्पर्धा भएको थियो ।  दुबै टिमको ३/३ […]

Continue Reading

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ९३ अर्ब पुग्यो, १४ महिनाको वस्तु आयात धान्ने

न्यूज अपडेट काठमाडाैं, २७ माघ आर्थिक वर्ष २०७७/∕७८ को ६ महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा बढेर ६.६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड […]

Continue Reading

नेपालमा भारत, चीन र रुसका थप तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा

न्यूज अपडेट काठमाडाैं, २७ माघ औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा  भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्। विभागका अनुसार एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ। औषधि व्यवस्था विभागमा चिनियाँ […]

Continue Reading

पछिल्लाे २४ घण्टामा देशभर १६० जना काेराेना संक्रमित थपिए‌

न्यूज अपडेट काठमाडाैं, २७ माघ पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना […]

Continue Reading