भक्तपुर, ३ पुस
भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पुरानो शैलीमा घर निर्माण गर्न नगरबासीहरूलाई उत्साहित गर्नुपर्ने र भवन निर्माण आचारसंहित विपरीत नक्सा डिजाइन गर्ने इन्जिनियरिहरूलाई कानुनको दायरामा ल्याउनु आवश्यक भएको बताए ।
अध्यक्ष रोहितले घर निर्माण र नक्सा पासबारे स्थानीयको गुनासोहरू सम्बोधनको निम्ति भक्तपुर नगरपालिकाले नेपालभाषामै नक्सा पासको महत्वबारे यहाँका जनतालाई सचेत बनाउन आवश्यक भएको बताए ।
लामो समयसम्म स्थानीय तहमा जनप्रतिनिधिको अभाव हुँदा सबै काम लथालिंग भएको बताउदै अध्यक्ष रोहितले नगरपालिकाले पुरानो मौलिक शैलीको नमुना घर बनाएर जनतालाई त्यसको महत्वबारे सुसूचित गर्नु आवश्यक भएको बताए ।
मेडिकल काउन्सिल र इन्जिनियरिङ काउन्सिलले निजी कलेज सञ्चालकहरूलाई पक्षपोषण गरिरहेको बताउँदै उनले नगरभित्र टिपर आतड्ढ न्युन गर्न नगरको पुरानो क्षेत्रभित्र, विद्यालय क्षेत्र र आवास क्षेत्रहरूमा भारी खालको सवारीसाधन चलाउन नपाइने व्यवस्था गर्नुपर्ने बताए ।
नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले स्थानीय तह स्वायत्त र विकेन्द्रित संस्था भएको बताउदै प्रदेश सरकारले स्थानीय तहमा हस्तक्षेप गर्न नहुने बताए ।
सांसद सुवालले देशको सन्तुलित विकास नभएकै कारण गुठी जग्गा, खोला, पोखरी र सार्वजनिक जग्गाहरू अतिक्रमणको चपेटामा परेको हो भने । उनले प्रदूषण, फोहर, दुर्घटना, खानेपानी समस्यालगायतका बेथिति पनि सन्तुलित विकास नहुँदा निम्तिएको बताए ।
ख्वप विश्वविद्यालयको विधेयक पेश भएको चार वर्ष बित्दा पनि संसदमा अगाडि नबढ्नुमा आपत्तिको विषय भएको बताउदै सांसद सुवालले भक्तपुर नगरको पुरानो क्षेत्र र आवास क्षेत्रमा नगरपालिकाले भारी सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा १ मा भाज्या पोखरी र सोही वडास्थित दशकौं समयसम्म नेपाली सेनाको नियन्त्रणमा रहेको रानीपोखरी निर्माण तिव्रगतिमा भइरहेको अवगत गराउदै प्रमुख प्रजापतिले सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान पनि सेनासँगको सहमति पछि तारबार लगाई नगरबासीहरूले उपभोग गर्न सुरु भइसकेको बताए ।
नगरबासीहरूको खानेपानीको समस्यालाई ध्यानमा राखेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरी नगरका विभिन्न ठाउँमा दिप बोरिङको काम अगाडि बढिरहेको र आकासे पानी संकलन गरी वितरणको तयारी पनि भइरहेको छ – उनले भने ।
भक्तपुर नगरपालिकाले समय सापेक्ष ढंगले नगरका हरेक वर्गलक्षित कार्यक्रम/अर्थेपार्जन गर्न सकिने सचेतनाका कार्यक्रमहरूको आवश्यकता औंल्याउदै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कला र संस्कृतिको नगरलाई ज्ञान र प्रविधि विज्ञानको केन्द्रसहित सुसंस्कृत नगरमा रुपान्तरण गरी सम्भय समाज निर्माण गरी हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नपा अन्य स्थानीय तहको लागि मार्गनिर्देशकको रुपमा अगाडि बढिरहेको बताउदै नमुना स्थानीय तहको रुपमा विकास भइरहेको बताए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले उपत्यकामा आत्महत्या, चोरी, आर्थिक ठगी, सडक दुर्घटना, यौन हिंसा, लागु औषध दुव्र्यसनीलगायतका घटनाहरू संख्यात्मक रुपमा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै भक्तपुरमा सम्भावित घटना न्युनीकरणको लागि नगरपालिकाले सीसीटीभी जडान कार्यले गलत प्रवृत्तिमा कमी आएको बताए ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला र नेपाल कर्मचारी एशोसिएसन ईकाइ समिति भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले नपाको वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी जनप्रतिनिधि र विशेष अतिथि प्रेम सुवालले विजयी कर्मचारी खेलाडीहरूलाई पुरस्कार वितरण गरे ।