भक्तपुर क्यान्सर अस्पतालमा झडप

विशेष समाचार समाचार स्वास्थ्य

 

भक्तपुर, ९ मंसिर


भक्तपुर क्यान्सर अस्पतालमा अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।भक्तपुर नगरापलिकाले अनियमितता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो ।

भक्तपुर क्यान्सर अस्पताल संस्था दर्ता ऐन, ०३४ अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको नेपाल अर्बुद रोग निवारण संस्थाले दाताको सहयोगमा सञ्चालन गरेको सामुदायिक अस्पताल हो । संस्थाको विधानअनुसार ४२ जिल्ला शाखासमेत रहेको संस्थाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वतः रहने व्यवस्था छ ।अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *