विदेशबाट सिकेको ज्ञान स्वदेशमा प्रयोग गर्नुपर्छ – प्रमुख प्रजापति

समाचार

भक्तपुर, १ मंसिर


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ अध्ययन गर्ने विद्यार्थीको प्रमुख उद्देश्य समाजको सेवा गर्ने हुनुपर्ने र आफ्नो क्षेत्रबाट व्यापक रुपमा बिरामीहरुको सेवा गर्नु आवश्यक भएको बताए ।
ख्वप बुहप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागको आयोजनामा धुलिखेलमा भएको वनभोज कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयम्सेविकाहरुले ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त र बालबालिकाहरुलाई प्राथमिकता दिएर सेवा गर्नुपर्ने बताए ।
उनले विदेशबाट सिकेर आएको ज्ञान र सीपबाट आफ्नो देशको सेवा गर्न विद्यार्थीहरुलाई प्रेरित गर्दै प्रमुख प्रजापतिले सेवा नै धर्म हो र बिरामीको विश्वास जितेर काम गर्न आह्वान गरे।


सरकारले समाजको सेवा गर्ने सरकारी संस्थाहरुलाई भन्दा निजी क्षेत्र र विदेशी संस्थाहरुलाई पोस्ने काम गरिरहेको छ भन्नुहुँदै प्रमुख प्रजापतिले चुनौतीसँग डटेर बढ्ने विद्यार्थीहरुको जीवन सफल हुनेमा विश्वास व्यक्त गरे ।
धेरै पैसा कमाउनेमा भन्दा राम्रो सेवा दिन विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिदै प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरु देशकै नमुना कलेजको रुपमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ भने ।
ख्वप बुहप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका विभागीय प्रमुख सुमित्रा बुढाथोकीले नर्सिङ विद्यार्थीहरुको मनोरञ्जनको निम्ति कलेजले विविध गतिविधि सञ्चालनमा जोड दिनुका साथै विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा भाग लिई आफ्नो प्रतिभा प्रदर्शन गर्न सकिने बताए ।
वनभोज कार्यक्रममा शिक्षिका शोभा प्रजापतिले पनि बालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *