टासिनामामा भालु आतंक स्थानिय त्रसित

समाचार

दोलखा, २६ कार्तिक


दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ टाँसिनाममा जङ्गली भालुका कारण स्थानिय त्रसित बनेका छन् । जंगली भालु घर भित्रै पसेर पशुचौपाया तथा राखेको अन्नपात समेत खान थालेपछि स्थानिय त्रसित बनेका हुन् ।
पाल्तु पशु चौपाया मात्रै नभई घरभित्र राखेको अन्न समेत भालुले खान लागेको पछि आफूहरु त्रसित बनेको टासिनामका स्थानिय वासिन्दाहरुले बताए ।
केहि दिन अघी टाँसिनामका पासाङ तमाङको तीन वटा बाख्रा खाएको भालुले लगत्तै छ्योरो शेर्पाको होटलमा क्षति पु¥याएको स्थानिय रामकुमार गुरुङले बताए । शनिवार राति पनि भालुले स्थानिय सुर्यबहादुर तमाङको घर भित्र पसेर मकै, गहुँ लगायतका अन्नपात खाएको रामकुमारको भनाई छ । भालुले घरको पक्की झ्याल ढोका समेत भत्काएर भित्र पस्ने भएकोले मानिस समेत भालुले कति खेर मार्छ भनी स्थानियहरु त्रस्त भएको उनले बताए । भालुले दुःख दिन थालेपछि स्थानियहरुले गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनालाई जानकारी गराएका छन् ।
गाँउघरमा मानिसको बसाई कम हुदै गएको र बन तथा बन्यजन्तु संरक्षणमा स्थानिय सक्रिय बनेपछि अहिले भालु, चितुवा जस्ता जङ्गली जनावरले मानिसलाई दुःखदिन थालेको पीडितहरुको गुनासो रहेको छ । गाउँमा मानिसको कमी भएसँगै बाँझा जग्गामा रुखउम्रिएर जंगल बनेपछि बन्य जन्तुलाई घर सम्मै आउन झन सहज बनेको उनीहरुको भनाई छ ।
भालु आतंकबारे बारे जानकारी प्राप्त हुनासाथ भालु आतंक नियन्त्रणकालागि गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको बैठक बसी टासीनाम क्षेत्रमा संरक्षण क्षेत्रका रेन्जर सहित प्रहरी टोली परिचालन गरिएको गौरिशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले अभियान दैनिक लाई बताए । यो समय भालु शित निद्रामा प्रवेश गर्ने समय भएकोले शरीरमा अधिक पोषण जम्मा गर्न बढी खन्चुवा हुने उनको भनाई छ । संरक्षण क्षेत्र भित्रका वस्तिहरुमा जंगली जनावरहरुले पुर्याएको क्षतिको समय समयमा संरक्षण क्षेत्र आयोजनाले क्षतिपूर्ति दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *