अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजय प्रसादकाे भेट

कला/साहित्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १० भदाै

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग साम्राज्यवाद बिरोधी लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गरेको छ।
भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि भएको बताए। नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु निरन्तर जनताको निस्वार्थ सेवामा समर्पित रहेको बताउउँदै उनले नेमकिपाले कार्यकर्ताहरुको वैचारिक प्रशिक्षणमा जोड दिइरहेको बताए।
पुँजीपति वर्गको तुलनामा कामदार वर्ग सँग राज्यसत्ता चलाउने राजनीतिक र कुटनीतिक अनुभवको कमी भएको कारणले समाजवादी देशहरुमा पनि पुँजीवाद पुनस्थापनाको सम्भावना रहने बताउउँदै उनले यसबारे कम्युनिस्ट कार्यकर्ताहरु निरन्तर सचेत रहनु पर्ने बताए।
भेटघाटमा लेखक विजय प्रसादले वर्तमानको आन्दोलन र सङ्घर्षबाट नै भविष्यको समाजवादको चरित्र निर्धारण हुने बताउँदै कम्युनिस्ट पार्टीहरु सँधै जनतासँग जोडिएर रहनुपर्ने बताए। बिभिन्न देशहरुको समाजवादी आन्दोलनबाट सिक्नुपर्ने बताउँदै उनले भौतिक परिवर्तनमा मात्रै जोड दिएर वैचारिक आन्दोलन र जनताको राजनीतिक प्रशिक्षणलाई महत्वमा नराख्दा धेरै देशका कम्युनिस्ट पार्टीहरु असफल भएको उदाहरण दिए।
भेटमा भारतीय प्रतिनिधि मण्डलका सदस्यहरु सुधनवा देसपाण्डे, पी. अम्बेडकर, बिनुथा, रोजा प्रसाद र नेपाली मित्र प्रमेश पोखरेलको सहभागिता थियो । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति, सुरेन्द्रराज गोसाई, राजेन्द्र चवाल पनि भेटघाटमा उपस्थित रहेको थियो ।
भेटघाट अघि टोलीलाई भक्तपुरको खौमा स्थित लायकुमा भक्तपुर नगरपालिकाका प्रमुख मेयर सुनिल प्रजापतिले स्वागत गरेको थियो। त्यस्तै टोलीले लायकु र टौमढी क्षेत्रका ऐतिहासिक सम्पदाहरु अवलोकन गर्नुका साथै नगरपालिकाद्वारा संचालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप ईन्जिनीयरिङ कलेज र स्थानीय भक्तपुर बचत द्वारा संचालित आदर निकेतनको पनि अवलोकन गरेको थियो।
साम्राज्यवाद तथा उपनिवेशवादको विरोधमा क्युवा र ल्याटिन अमेरिकी जनताको संघर्षको विषयमा लेखक विजय प्रसादले निरन्तर कलम चलाउँदै आएको छ। पत्रकार, राजनीतिक विश्लेशक, इतिहासकार, साम्राज्यवाद र उपनिवेशवाद विरोधी मार्क्सवादी बुद्धिजीविका रुपमा अन्तर्राष्ट्रिय बामपन्थी आन्दोलनमा परिचित लेखक विजय प्रसाद भरतीय कम्युनिस्ट पार्टी(मार्क्सवादी) निकट प्रकाशन संस्था ‘लेफ्टवर्ड बुक्स’ का प्रधान सम्पादक पनि हुन्। ईराक, अफ्गानिस्तान, लिबिया र सिरियामा अमेरिकी साम्राज्यवादी आक्रमण, भारतको दलित समुदाय, हिन्दुत्व, प्यालेष्टाईन, अरव आन्दोलन, दक्षिणी गोलार्द्ध, रसियाली अक्टोवर क्रान्ति, जलवायु परिवर्तन, तेस्रो विश्वमा समाजवादी आन्दोलन आदी विभिन्न विषयमा उनका दुई दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन्। उनले क्युवाली समाजवाद तथा क्युवाली क्रान्तिको पक्षमा लेख्दै आउनुका साथै एक्येवद्धता आन्दोलनमा सहयोग पु¥याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *