प्रविधिको सही प्रयोग गर्ने नरैनापुरका किशोरीहरुको प्रतिबद्धता

विज्ञान/प्रविधि समाचार

 

नेपालगञ्ज , २६ कार्तिक

साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गर्ने नरैनापुर गाउँपालिकाका किशोरीहरुले प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा नं.६ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर कानुन र प्रविधिको सुरक्षित प्रयोग सम्बन्धि तालिममा सो कुरा बताएका हुन् । नरैनापुर गाउँपालिका वडा नं. ६ का वडा सचिव जिवनलाल यादवले किशारीहरुलाई यो तालिमले साईबर अपराधबाट बच्ल मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।
सो तालिममा नरैनापुर गाउँपालिका वडा नं.६ का सिर्जनशिल किशोरी क्लबका २ दर्जन बढी किशोरीको सहभागिता रहेको थियो । सो तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने उपाय बारे र साईवर कानुन बारे पनि प्रशिक्षण दिएका थिए । साथै ईन्टरनेट कसरी सन्चालन गर्ने र ईमेलको फाइदा बारे जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर त्रिभुवन प्रसाद यादवले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको बारेमा अभिमुखिकरण गरेका थिए ।
नरैनापुर गाउँपालिका वडा नं. ६ का सर्जनशिल किशोरी क्लबका अध्यक्ष अन्जली बोहराले यस तालिममा साइबर कानुनको बारेमा जानकारी पाएको र साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् साथै आफुले सिकेका कुराहरु आफनो विद्यालयमका गएर सिकाउने पनि बताईन् । त्यसैगरि अर्का सहभागी मनिषा चौधरीले सामाजिक सफाईदा र बेफाईदा बारे जानकारी भएको बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना अधिकृत विनिता राना श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *