पोखरामा २ करोड ५० लाख लगानीमा ‘ड्याडीज किचन’ सञ्चालन

पर्यटन समाचार

 

कास्की
पोखराको हिमाली टोलमा दुई युवा ब्यवासायीको लगानीमा नयाँ रेस्टुरेण्ट ‘ड्याडीज किचन’ सञ्चालनमा आएको छ ।
युवा ब्यवसायी कमल जंग कुँवर र होम राना मिलेर २ करोड ५० लाख रुपैयाँ लागनीमा आकर्षक रेष्टुरेण्ट ब्यवसाय सञ्चालनमा ल्याएका हुन्। पोखराकै विरौटामा फुड ट्रक सञ्चालन गर्दै आएका युवा ब्यवसायीले हिमालीटोलमा ड्याडीज किचन सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक कमल जंग कुँवरले २ करोड ५० लाखको लागानीमा ‘ड्याडीज किचन’ सञ्चालनमा ल्याएको बताए ।‘हामीले पोखरेलीलाई आकर्षक रेष्टुरेण्ट मार्फत सर्वसुलभ मुल्यमा सहजरुमा सेवा उपलब्ध गराउले उदेस्यले ब्यवसाय विस्तार गरेका छौं’ उनले भने ।ग्राहकहरुको चाहना अनुसारको सेवा घरघरमा सहजरुपमा पु¥याउने गरी शुरु गरेका हौं।’


उनका अनुसार २०७० सालमा बुटवलमा ठेलाबाट सुरु गरेको ब्यवसायले अहिले पर्यटकीय शहर पोखरामा फुड ट्रक हुँदै ठुलो रेष्टुरेण्टको रुप लिएको हो ।उनीहरुले २०७३ सालमा पार्दी विरौटामा पोखरामै पहिलो पटक फुड ट्रक सञ्चालनमा ल्याएका थिए।
त्यस्तै २०७५ सालमा पोखराको चिप्लेढुङ्गामा फुड ट्रक शाखा सञ्चालनमा ल्याएका छन् । पोखरामा सञ्चालन भएको ब्यवसायमा करिब ३ करोड ५० लाख रुपैयाँ लगानी गरिएको सञ्चालक होम राना बताउँछन् । पोखरा, बुटवल, काठमाडौँ र रुपन्देहीको रामपुरमा पनि यसको शाखा सञ्चालनमा ल्याएको रानाले बताए ।
सञ्चालक रानाले पोखरामा सञ्चालनमा आएको ‘ड्याडीज किचन’ लाई पृथक र आकर्षक तुल्याउन नयाँ प्रयोग गरेको बताए । रेष्टुरेण्टमा आकर्षण तुल्याउन काठको ठुलो गितार,नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको आकर्षक तस्विर राखिएको छ।्
त्यस्तै फेवा तालमा २५ वर्ष खियाइएको पुरानो डुंगालाई सजाएर राखिएको छ।पुरानो भएर थन्क्याइएको डुंगालाई खरिदगरी मर्मत पछि रेस्टुरेण्टको मुख्य आर्कषकका रुपमा सजाईएको छ ।यस्तै गरी करिब ६० वर्ष पुरानो लडियाको पाङ्ग्रा कपिलबस्तुको बाणगंगा नगरपालिका ल्याइएर रेष्टुरेण्टको आकर्षककारुपमा सजाईएको छ।
रेस्टुरेण्टको माथिल्लो तलाको हुक्काबारलाई पियानोको आकार दिइएको छ । त्यस्तै अगाडीको रिसेप्शन, बार, बेकरी, बरिस्ता पनि गीटारकै आकारमा निर्माण गरिएको छ । यहाँ पुराना लोप भएर जानै लागेका पुराना बस्तुहरुलाई सजाएर राखिएको छ । कवाडी सामानबाट बनेका आकर्षक बस्तुहरु पनि यहाँ सजाएर राखिएको छ ।
एकै पटकमा करिब तीन सय मानिसले ड्याडीजबट सेवा लिनसक्ने सञ्चालक कुँबर बताउँछन् ।‘हामीले ग्राहको सुबिधालाई मध्यनगर गर्दे होम डेलीभरीको सेवा पनि ब्यवस्था गरेका छौं’ उनले भने ।

‘यहाँबाट पोखराको ३ किलोमिटर भित्र होम डेलीभरीको सुविधा उपलब्ध छ ।’
ड्याडीज किचनले आफ्नो नौ वटा शाखाबाट ग्राहकले चाहेको स्वादमा सेवा दिइरहेको उनले बताए । ड्याडीज किचनमा अहिले ५२ जनाले ग्राहकलाई सेवा दिइरहेका छन् । पोखरा ब्रान्चको ब्यवस्थापन सन्दिप क्षेत्रिले हेर्दै आएका छन् ।
रेस्टुण्टले असोज १२ गते देखि १६ गतेसम्म १० प्रतिशत छुटको ब्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *