झिमरुकमा कृषि पर्यटन तथा ब्यापार मेला हुने

समाचार

प्यूठान, १५ असार


प्यूठानको झिमरुक गाउँपालिकामा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार तथा कृषिमा आधुनिकीकरण गर्नका लागी खड्ग निसान ग्रामिण बिकास केन्द्रको आयोजना, होटल ब्यवसायि संघ झिमरुक बजार इलाका लगायतको सह आयोजना तथा झिमरुक गाउँपालिकाको संरक्षणमा झिमरुक प्रथम कृषि पर्यटन तथा ब्यापारीक मेला २०७६ सञ्चालन गर्न लागेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । “कृषि,बन, जडिबुटी, पर्यटन र भौतिक पूर्वाधार समाबेशी बिकास नै झिमरुक गाउँपाकिाको मुल आधार” नाराका साथ महोत्सब सञ्चालन गर्न लागेको आयोजनले जानकारी दिएको छ ।

असार १८ गतेदेखि ३० गतेसम्म हुने मेलामा झिमरुक गाउँपालिकामा पर्ने ऐरातिहासिक दरबारको रुपमा रहेको ओखरकोट, पर्यटकीय गन्तब्य अन्र्तगत नेपालको १०० स्थानमा पर्ने झिमरुक रक गार्डेन,भुल्के मन्दिर,भुल्के गुफा,इख्नाथान लगायतको पर्यटकीय स्थानको प्रचार प्रसार गरी झिमरुक क्षेत्रको बिकासका लागी महोत्सबको आयोजना गरेको सस्थाका अध्यक्ष नारायण जीसीले बताए । महोत्सबमा स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको प्रदर्शन गर्ने तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने आयोजकले बताएको छ ।

झिमरुक क्षेत्रमा रहेको पर्यटकीय स्थलको पहिचान गर्नुका साथै नेपालका १०० पर्यटकीय स्थलमा पर्न सफल झिमरुक रक गार्डेनको बिकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य लिएको अध्यक्ष जीसीले बताए । महोतसबमा करिब ५० लाखको कारोवार गर्ने तथा १५ हजारले महोत्सबको अबलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सबबाट हुने आम्दानीले झिमरुक गाउँपालिकाको पर्यटन क्षेत्रको पूर्वाधार तथा सामाजिक क्षेत्रमा खर्च गर्ने खड्ग निसान ग्रामिण बिकास केन्द्रका अध्यक्ष नारायण जीसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *