अव राउटेलाई पनि नेपाली नागरिकता

समाचार

दैलेख,५ असार


दक्षिण एशियाको एकमात्र घुमन्ते जाती राउटे समुदायलाई सरकारले नेपाली नागरिकता दिईनेभएको छ । पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिका लाई कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो ।
गुराँस गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । मन्त्रालयका सचिव मानबहादुर विकेका अनुसार त्यसबेला राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको थियो । सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गरिने भएको हो । सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो,विकेले भने । राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाईने छ ।
अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएकाहुन् । राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहीँको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरु गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट दुई साताअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छी बजारमा बस्ती सारेका छन् । सबै प्रक्रिया पु¥याएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने सरोकारवाला पक्षहरुले जनाएका छन । सामाजिक सेवा केन्द्र नेपाल दैलेखले राउटे समुदायका बालबालिकाको लागि अध्यापन गराउन,विभिन्न तालिक ,सरसफाई ,औषधि गर्ने गरी तीन जना कर्मचारी समेत खटाएको छ । हाल राउटे समुदायको जनसँख्या १सय ४६ जना रहेको छ भने उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी हुँन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *