प्राधिकरणले हटायो ट्रान्सफर्मर

समाचार

सल्यान ५, असार


सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ पिपलनेटामा रहेको महेन्द्र रत्न माद्यामिक बिद्यालयको हाताभित्र रहेको ट्रान्सफर्मर हटाईएको छ । नेपाल बिद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले बिद्यालय हाताभित्र रहेको ट्रान्सफर्मर हटाएको हो । बिद्यालय हाता भित्र बिद्यालयसँग छलफल नै नगरेर ट्रान्सफर्मर जडान गरिएपछि समस्या भएको थियो ।
हालै मात्र बिद्युत प्राधिकरणका कर्मचारीहरुले ट्रान्सफर्मरलाई निकालेर स्वास्थ्य चौकी पछाडीको जमिनमा जडान गरेको बिद्यालयका प्रधानाध्यापक प्रकाश हमालले बताए । गत चैत २१ गते आर्थिक अभियानले बिद्यालय परिसरमा भएको ट्रान्सफर्मर हटाउन प्राधिकरणको बेवास्ता शिर्षकको समाचार प्रकाशित गरेको थियो ।
समाचारको प्रभाव कै कारण अहिले बिद्यालय हाता भित्र रहेको ट्रान्सफर्मर हटेको उनले बताए । ‘फलामको पोलमा झण्डै २ मिटरजती उचाईमा ट्रान्सर्फमर थियो, साना बिद्यार्थीहरुले पनि सजिलैसँग पुग्न सक्थे, यसबाट ३/४ पटक बिद्यार्थीहरुलाई करेन्ट लागेर घाईते समेत भएका थिए उनले भने —‘हामीले समाचारको आधारमा नै जिल्ला प्रशासनमा निबेदन दियौँ, बिद्यालयको माग अनुसार प्राधिकरणले ट्रान्सर्फमर हटाई दियो ।’
बिद्यालय हाताभित्र भएको ट्रान्सफर्मर हटाएपछि पठनपाठनमा सहजता आएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रोम प्रकाश थापाले बताए । अहिले बिद्यार्थीहरुलाई खेलमैदानमा खेल्न, खेलमैदान स्तरोन्नती गर्न तथा नयाँ बिद्यालय भवन निर्माणमा सहजता आएको उनले बताए ।
पिपलनेटा र यस आसपासको गाउँहरुमा बिद्युतिकरण गर्न करिब दुई दशक पहिले बिद्युतको ट्रान्सर्फमर जडान गरिएको थियो । यस ट्रान्सर्फमरबाट यस क्षेत्रका झण्डै २ सय घरधुरीमा बिद्युतिकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *