एकमहिनाका लागि धनगढी बीमानस्थल बन्द

पर्यटन समाचार

धनगढी १६ बैशाख


सुदूरपश्चिम प्रदेशको एकमात्र नियमित रुपमा सञ्चालित धनगढी बीमानस्थल एकमहिनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग मर्मतका लागि सवै उडानहरु बन्द गरिने बीमानस्थल कार्यालय धनगढीले जनाएको छ । धनगढी विमानस्थलका अनुसार अहिले धनगढी–काठमाडौँ रुटमा नेपाल एयरलाइन्सले हप्ताको दुई दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक दुई/दुई उडान भर्दै आएका छन् । तर एक महिना सम्म उडान बन्द भए धनगढीदेखि नेपालगञ्जसम्म सडक यात्रा गर्दै त्यसपछि मात्रै हवाई यात्रा गर्नुपर्ने बाध्यता हुने बुद्ध एयरलाईन्सका धनगढी ईन्चार्ज बुधराम चौधरीले बताए । दैनिक करिव चारसय यात्रुले धनगढी–काठमाण्डौँ तथा काठमाण्डौँ–धनगढीको यात्रा गर्दै आएकोमा उक्त सेवा एकमहिना बन्द हुँदा पर्यटन व्यवसाय र यात्रुहरुलाई ठुलो सास्ती देखिने पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए ।
धावनमार्ग निर्माण निर्माण तथा मर्मतका लागि यसको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीसँग एकमहिना लामो हवाई सेवा नै वन्द गरेर निर्माण थाल्ने सम्झौता नभएपनि महिनादिन लामो हवाई सेवा वन्द गर्ने निर्णयले यहाँका स्थानीय अचम्मित भएका छन् । हवाई सेवा नै वन्द गरेर निर्माण गर्नु राम्रो सन्देश नभएको पर्यटन व्यवसायी भट्टको गुनासो छ । धावन मार्ग अति जिर्ण भईसकेकाले स्तर बृद्धिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्मका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय भएको छ । तर अन्य विमानस्थलमा भने सुचारु भएकै अवस्थामा मर्मतको काम जारी रहेकोले धनगढीमा पनि त्यस्तै गर्नुपर्ने माग स्थानीयले राख्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *