नेपालको पहिलो भूउपग्रहको सफल प्रक्षेपण

विज्ञान/प्रविधि विशेष समाचार समाचार

भक्तपुर ५ बैशाख


काठमाडौं र नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो ।

जापानको ‘बर्ड–३ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेकबाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो ।
उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवाले बनाएको भूउपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने बताइएको छ ।
यसले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नुका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *