इन्धनको मूल्यमा भारी वृद्धि, एक सिलिन्डर ग्यासको मूल्य १८ सय

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ९ जेठ

इन्धनको मूल्यमा भारी वृद्धि, एक सिलिन्डर ग्यासको मूल्य १८ सय

निर्वाचन नसकिदै सरकारले दुई पटक इन्धनको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको छ ।

अब एक लिटर प्रेट्रोलको १८० रुपैयाँ, र मटिट्तेल र डिजेलको १६३ रुपैयाँ भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासको मूल्य १८०० रुपैयाँ पर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै कच्चा तेलको मूल्य बढेपछि आयल निगमले पेट्रोल, डिजल र मट्टितेल लिटरमै १० रुपैयाँ बढाएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *