प्रणय दिवसः प्रेमको प्रतीक बन्यो रानीमहल

पाल्पा, २ फागुन  प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतीकका रुपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन् । प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भीडभाड लाग्दा चहलपहल बढेको हो । नेपालको ताजमहलका रुपमा परिचित रानीमहललाई प्रेमको […]

Continue Reading

ओलम्पिक दोस्रो चरणको छनोट स् नेपाल भारत एउटै समूहमा

काठमाडौँ, २ फागुन सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ । एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मामा […]

Continue Reading

‘नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि

काठमाडौँ, २ फागुन नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ । यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने […]

Continue Reading

‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

सप्तरी, २ फागुन प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गरे । सो अवसरमा उनले भौतिक पूर्वाधारको विकासले मात्र […]

Continue Reading

दुल्लुमा मोबाईल एप्स सञ्चालन

दैलेख, २ फागुन  दैलेख जिल्लाको दुल्लू नगरपालिकाले मंगलवारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाबाट जारी सूचना तथा जानकारी अब सजिलै प्राप्त गर्न मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । सूचना प्रविधि विभागले प्रदान गरेको मोबाइल एप्स एलजीसीडीपी प्रादेशिक समन्वय ईकाइ सुर्खेतको आइसीटी एक्सपोर्टको प्राविधिक सहयोग र दुल्लू नगरपालिकाकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको सूचना प्रविधि अधिकृत […]

Continue Reading