दुल्लुमा मोबाईल एप्स सञ्चालन

विज्ञान/प्रविधि समाचार

दैलेख, २ फागुन 


दैलेख जिल्लाको दुल्लू नगरपालिकाले मंगलवारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाबाट जारी सूचना तथा जानकारी अब सजिलै प्राप्त गर्न मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।
सूचना प्रविधि विभागले प्रदान गरेको मोबाइल एप्स एलजीसीडीपी प्रादेशिक समन्वय ईकाइ सुर्खेतको आइसीटी एक्सपोर्टको प्राविधिक सहयोग र दुल्लू नगरपालिकाकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको सूचना प्रविधि अधिकृत प्रकाश रेग्मीले बताए । मोबाइल एप्स आफ्नो मोबाइलको गुगल प्ले स्टोरमा गई अंग्रेजीमा ‘दुल्लु म्युनिसिपालिटी’ टाइप गरेर डाउन्लोड गरी नगरपालिकामा भएका सूचना, गतिविधिहरू जानकारी लिन सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *