हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भीड, अन्तिम दिन आइतवार

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, ५ माघ


राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भीड लागेको छ । शुक्रवारदेखि शुरू भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिति बाक्लो भएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा जारी एक्स्पोको शनिवार साँझसम्ममा २८ हजार जनाले अवलोकन गरेका छन् ।
विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पििटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनीलगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ ।
एक्स्पोमा सहभागीहरूलाई हेलिकोप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराउने क्रम जारी छ ।
८५ भन्दा बढी प्रदर्शकले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिइरहेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा.लि. ले गरेको छ ।
अन्तिम दिन आइतबार रहेको एक्स्पोमा जलविद्युत प्रवद्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमालगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता छ ।


विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिस्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका छन् ।
जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना भैरहेको एक्स्पोलाई राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।
नेपाल इन्डिया चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी, टनेलिंग एशोसिएशन अफ नेपाल, इनर्जी नेपाल म्यागेजिन, टनेलिंग प्रोशेस इन्नोभेशन इन नेपाल, लिटिल स्टार रेकर्डस, बी फोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिंग, एबीबी इन्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेक बुल्गेरिया तथा चगंक्विगं वाटर एण्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड एक्स्पोका मोर्कटिंग पार्टनर रहेका छन् ।


निजीक्षेत्रसँग सक्रिय रूपमा सहकार्य गर्दै आएको विश्व बैंक समुह अन्तरगतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सहप्रायोजन गरेको छ । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपाल शिपिंग एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।
चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इन्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसीवी, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रूपमा छन् ।
शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको एक्स्पो आइतवार सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *