भक्तपुर, २१ पुस
भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित चोङापाको पर्ति जग्गा संरक्षण गर्ने उद्देश्यले पर्खाल लगाउने निर्णय गरेको छ । सोहीअनुसार शुक्रवार एक समारोहबीच भक्तपुर क्षेत्र नं. १ का सांसद एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पर्खालको शिलान्यास गरेको छ ।
जम्मा १०८ रोपनी जग्गा रहेकोमा हाल प्राविधिक टोलीबाट जग्गाको नापजाँच गरी हेर्दा १०२ रोपनी मात्र जग्गा बाँकी रहेकाले नगरपालिकाले आफ्नो जिम्मेवारीको रुपमा लिई उक्त पर्ति जग्गा संरक्षण गर्न लागिएको कार्यालयले जनाएको छ ।