भक्तपुरमा धाँ बाजा प्रतियोगिता, ३७ टोली दर्ता, ३१ टोली सहभागी

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २१ पुस


भक्तपुर नगरपालिकाको आयोजनामा आज शनिवार भक्तपुर नगरब्यापी धाँ बाजा प्रतियोगिता गरेको छ । नगरपालिकाले भक्तपुरको सांस्कृतिक एवम् पर्यटकीय धरोहरलाई बचाउन गरिएको उक्त प्रतियोगिता भक्तपुर नगर परिक्रमाका साथ मनाइएको थियो ।


नगरपालिकाको वार्षिक योजनाअनुसार आज यस्तो धाँ बाजा प्रतियोगिता गरेको कार्यालयले जानकारी दिएको छ । नगरपालिकाले भक्तपुरको जीवनपद्धतिअनुसारका सांस्कृतिक क्रियाकलापहरुमध्ये धाँ बाजा प्रतियोगिता गरेको यो पहिलोपटक हो ।

प्रतियोगितामा विभिन्न दाफा, भजन, स्कूल, सहकारी संघ संस्थाहरुले सहभागिता जनाएका छन् । नगरपालिकाका १० वटै वडाबाट जम्मा ३७ वटा टोलीले दर्ता जनाएपनि ३१ वटा टोलीको मात्र उपस्थिति देखिएको थियो । प्रतियोगि टोली नगर परिक्रमासँगै दतात्रयमन्दिर अगाडिको मञ्चमा नियमानुसारको समयभित्र सकिने गरी बाजा बजाउनुपर्ने र ती सबै ठाउँमा मूल्यांकन टोलीले मूल्यांकन गर्ने नगरपालिकाले बताएको छ ।


कार्यक्रममा भक्तपुर नगरव्यापी बक्तृत्वकला प्रतियोगितालगायतका पुरस्कृत तथा यस धाँ बाजा प्रतियोगिताका पुरस्कृत टोलीलाई आजै पुरस्कार प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *