पचासी वर्षमा नागरिकता

समाचार

कावासोती, १८ पुस


नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान गरेका हुन् । उमी नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट वञ्चित रहँदै आएका थिए । रेडियो सामथ्र्य, मध्यविन्दु आँखा उपचार केन्द्र र ग्लोबल आइएमई बैंकको सहकार्यमा बालुवाडाँडामा आँखा शिविर सञ्चालन गरिनाका साथै नागरिकतासमेत वितरण गरिएको थियो ।

क्यान्सरपीडितलाई सहयोग कावासोती नगरपालिका–१ का अर्बुदरोग ९क्यान्सर०पीडित ३४ वर्षीया उमाकला चापागार्इंलाई आर्थिक सहयोग प्रदान गरिएको छ । देवदह सेवा समाज नेपालले चापागाईंलाई रु ५६ हजार सहयोग गरेको हो । देवदह सेवा समाजका अध्यक्ष रमेश न्यौपानेले सो रकम पीडितलाई हस्तान्तरण गरेका हुन् ।

डेढ महीनाको छोराकी आमा चापागाईं पाठेघरको क्यान्सरबाट पीडित छन् । उनको उपचारका लागि आर्थिक सहयोग अभियान थालिएको हो । चापागाईंलाई वडाले समेत सहयोग गर्ने वडाध्यक्ष नारायण पन्तले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *